Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

डुब्यो कंगनाको ‘धाकड’

एजेन्सी, मुम्बई, 2022/05/23
Dhaakad Review: Kangana Ranaut kicks the envelope hard with this  action-drama | Dhakad Movie Review
 
आफ्नो अभिव्यक्तिले विवादमा छाइरहने अभिनेत्री कंगना रनावटलाई केही वर्ष अगाडिसम्म बक्सअफिसकी क्विन भन्ने गरिन्थ्यो । हरेक प्रकारको भूमिकामा सानदार अभिनय गर्ने उनी आफ्नै काँधमा फिल्म बोकेर सफलता बनाउने ल्याकत राख्थिन् । तर, लगातारको विवादले उनको स्टारडम कमजोर बनेको छ । जुन कुरा उनका पछिल्ला फिल्महरु फ्लप हुनुले पनि प्रमाणित गर्छ ।
 
यस हप्ता कंगना अभिनीत नयाँ फिल्म ‘धाकड’ प्रदर्शनमा आएको थियो । ट्रेलरमा उनको जबर्जस्त एक्सन अवतारले फिल्मको राम्रो हाइप बनेको थियो । ट्रेड एनालिस्टहरुले फिल्म हिट हुने आँकलन समेत गरेका थिए । तर, योसँगै प्रदर्शनमा आएको कमेडी-हरर फिल्म ‘भूल भूलैया २’ले बक्सअफिसमा आक्रामक कमाई गर्दा कंगनाको फिल्म भने बक्सअफिसमा नराम्रोसँग डुबेको छ । 
 
पहिलो दिन ६५ लाखको दयनीय ओपनिङ गरेको ‘धाकड’ले दोस्रो दिन ७५ लाख र र तेस्रो दिन १ करोडको कमाई गर्दै तीन दिनमा जम्मा २ करोड ४० लाख ग्रस कलेक्सन गरेको भारतीय बक्सअफिस अनलाइन कोइमोइले उल्लेख गरेको छ । कंगनाको स्टारडमको तुलनामा फिल्मको व्यापार निकै दयनीय मानिएको छ । तीन दिनको व्यापारबाटै फिल्मलाई फ्लप भन्न थालिएको छ ।
 
प्रदर्शनको पहिलो दिनदेखि दर्शक अभावका कारण फिल्मको मल्टीप्लेक्सहरुमा कयौं शो रद्द भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । दर्शकको पहिलो रोजाईमा कात्तिक आर्यनको ‘भूल भूलैया २’ परेको छ । ‘वर्ड अफ माउथ’ कमजोर भएका कारण ‘धाकड’ले दर्शकको साथ नपाएको हो । यद्यपि, कंगनाले एक्सनमा गरेको मेहेनतलाई दर्शक र समीक्षकहरुले प्रशंसा गरेका छन् । 
Most Visited News (monthly)