Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदीप खड्का : तीन वर्ष शून्य, अब महिना दिनकै अन्तरमा दुई फिल्म

फिल्मीखबर, काठमाण्डौ, 2022/05/23
 
फिल्म ‘प्रेमगीत’बाट रातारात चम्किएका प्रदीप खड्का अहिलेका राम्रो माग भएका अभिनेता हुन् । उनको नामले नै फिल्म चल्छ भन्ने विश्वासको भरमा निर्माताले उनीमाथि करोडौं लगानी गरिरहेका छन् । भलै, त्यसको प्रतिफल निर्माताले पाउन सकेका छैनन् । तथापि, उनीमाथिको विश्वास भने अझै डगमगाएको छैन । उनको बढ्दो मागले पारिश्रमिक पनि दिनप्रतिदिन उकालोलाग्दो छ । 
 
उनलाई मन पराउने दर्शकहरु वर्षमा एउटा भए पनि उनको फिल्म हेर्न चाहन्छन् । तर, विगत तीन वर्षदेखि उनी अभिनीत कुनै फिल्म प्रदर्शनमा आएका छैनन् । पछिल्लो पटक प्रदर्शन भएको फिल्म ‘लभ स्टेशन’पछि उनले ‘प्रेमगीत ३’मा अभिनय गरेका थिए । कोरोना महामारीका कारण यो फिल्मको प्रदर्शन स्थगन हुँदा उनले महामारीकै समयमा अर्को फिल्म ‘प्रकाश’मा अभिनय गरे ।
 
गएको तीन वर्षमा एउटा पनि फिल्म रिलिज हुँदा छट्पटिएका प्रदीपको यस वर्ष भने एक महिनाको अन्तरमा दुई फिल्म रिलिज हुने भएका छन् । आगामी भदौ १० गते उनले चुनौतीपूूर्ण भूमिका निर्वाह गरेको फिल्म ‘प्रकाश’ रिलिज हुँदैछ भने यसको ठिक एक महिना अर्थात् असोज ७ गते फिल्म ‘प्रेमगीत ३’ प्रदर्शनमा आउने भएको छ । आइतवार यो फिल्मले प्रदर्शन मिति तोकेको हो । 
 
यी दुवै फिल्म प्रदीपको करिअरका लागि एकदमै विशेष छन् । किनभने, ‘प्रेमगीत २’यता उनका कुनै फिल्म व्यवसायिक रुपमा सफल छैनन् । ‘लभ स्टेशन’लाई त विदेशी फिल्मबाट कथा चोरीको आरोप नै लागेको थियो । यसकारण उनको खस्किँदो ब्रान्डलाई जोगाउन ‘प्रकाश’ र ‘प्रेमगीत ३’ बक्सअफिसमा सफल हुनैपर्ने देखिन्छ । प्रदीप पनि यी दुई फिल्मलाई लिएर आशावादी छन् । 
Most Visited News (monthly)