Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अब करणले एक्सन फिल्म निर्देशन गर्ने

फिल्मीखबर, काठमाडौं, 2022/05/26
Karan Johar announces an action film as his directorial venture on his 50th  birthday; shoot kicks off in April 2023 : Bollywood News - Bollywood Hungama
 
बलिउड फिल्मका नामी निर्माता तथा निर्देशक करण जोहर बुधवारबाट ५० वर्षमा लागेका छन् । आफ्नो जन्मदिनको अवसरमा उनले नयाँ फिल्मको निर्माण घोषणा गरेका छन् । लभस्टोरी र पारिवारिक फिल्ममा आफ्नो अलग पहिचान बनाएका उनले पहिलो पटक एक्सन फिल्म निर्देशन गर्ने घोषणा गरेका हुन् । नाम नखुलाइएको फिल्मको अर्को वर्षको अप्रिलबाट छायांकन सुरु हुनेछ ।
 
करणले जन्मदिनमा सामाजिक सञ्जालमा एक पोस्ट गर्दै भनेका छन्, ‘एउटा पाटो जसको बारेमा मलाई लाग्छ कि म सबैभन्दा बढी भावुक छु, त्यो हो फिल्म निर्माता हुनु । विगतमा मैले सधैं आफ्नो फिल्मको बीचमा लामो अन्तराल लिएको छु, तर यो मेरो विशेष दिनमा आफ्नो नयाँ निर्देशित फिल्मको घोषणा गर्दछु । म अप्रिल २०२३ मा आफ्नो एक्सन फिल्म निर्देशन गर्न गइरहेको छु ।’ 
 
जोहरले फिल्म उद्योगमा आफूले २७ वर्षभन्दा लामो समयमा आर्जित गरेको सबै राम्रो र नराम्रो प्रतिक्रियाप्रति आभार व्यक्त गरेका छन् । ‘यो सबै मेरो सिक्ने अवस्था र आत्मविकासको एउटा चरण थियो,’ उनले भनेका छन्, ‘मैले २७ वर्षसम्म फिल्म उद्योगमा काम गरेँ र म अहिलेसम्म राम्रो अनुभव गर्न पाएको छु ।’ उनी उमेरको ५० वर्ष आफ्नो जीवनको मध्यविन्दू रहेको बताउँछन् ।
 
धर्मा प्रोडक्सनका प्रमुख समेत रहेका करणले फिल्‍म ‘दिलवाले दुल्‍हनिया ले जाएंगे’बाट सहायक निर्देशकको रुपमा काम गर्न सुरु गरेका थिए । निर्देशकको रुपमा उनको पहिलो फिल्म ‘कुछ कुछ होता है’ थियो, जुन ब्लकबस्टर भएको थियो । यसपछि उनले ‘कभी खुशी कभी गम’, ‘कभी अलपिदा ना कहना’ जस्ता फिल्मको निर्देशन गरे । उनले कयौं फिल्ममा अभिनय पनि गरेका छन् ।
Most Visited News (monthly)