Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लण्डन टु पेरिस’बाट हिरोइन बन्दै गरिमा

फिल्मीखबर, काठमाडौं, 2022/05/26
Garima Sharma
 
टिकटकबाट उदाएर म्यूजिक भिडियोमा छाइरहेकी मोडल गरिमा शर्माले अब फिल्ममा फड्को मारेकी छन् । लामो समयदेखि विभिन्न फिल्मको टिमसँग छलफल गरिरहेकी उनले अन्ततः आफ्नो डेब्यू फिल्मको निधो गरेकी छन् । उनले फिल्म ‘लण्डन टु पेरिस’बाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् । केही समयअघि निर्माण टिम र गरिमाबीच कागजी सम्झौता भइसकेको छ ।
 
आफूले खोजेको जस्तो चरित्र पाएपछि फिल्ममा काम गर्न तयार भएको गरिमा बताउँछिन् । ‘लण्डन टु पेरिस’ले आफूलाई फिल्म क्षेत्रमा दरिलो रुपमा उभ्याउने उनको विश्वास छ । फिल्ममा उनको चरित्र सशक्त रहेको निर्देशक घनश्याम लामिछानेले बताए । फिल्मको कथाले नै गरिमा खोजेको उनको भनाई छ । यसअघि फिल्ममा अभिनेत्री साम्राज्ञी आरएल शाहको प्रवेश भइसकेको छ ।
 
आधुनिक प्रेमकथामा निर्माण हुने भनिएको फिल्मका लागि मुख्य अभिनेताको पनि टुंगो लागिसकेको छ । केही दिनमा फर्स्टलुक पोस्टरसहित अभिनेतालाई सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ । एबी इन्टरनेशनलले निर्माण गर्न लागेको फिल्मको बेलायत र फ्रान्समा छायांकन हुनेछ । असारबाट छायांकन थालनी हुने फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । 
 
अहिले कान्तिपुर फिल्म एकेडेमीमा वर्कसप भइरहेको फिल्मको निर्मातामा अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल र सह-निर्माता अजित सिंह छन् । ‘पासवर्ड’बाट फिल्म निर्माणमा होमिएको एबी इन्टरनेशनलले त्यसपछि फिल्म ‘सम्हालिन्छ कहिले मन’ निर्माण गर्‍यो । यो कम्पनीको अर्को फिल्म ‘हनी बनी’को अहिले लण्डनमा छायांकन भइरहेको छ ।
Most Visited News (monthly)