
फिल्म क्षेत्रमा अभिनेत्रीहरुबीच खासै राम्रो मिल्ती भएको देखिन्न । देखिएका पनि धेरै लामो समय टिकेका छैनन् । तर, अभिनेत्री द्वय केकी अधिकारी र रीमा विश्वकर्माबीचको मित्रता भने वर्षौंदेखि सुमधुर छ । उनीहरुको मित्रतालाई फिल्म क्षेत्रमा उदाहरणको रुपमा समेत लिने गरिन्छ । वास्तविक जीवनमा असल साथी रहेका उनीहरुबीच व्यावसायिक सहकार्य पनि हुँदै आएको छ ।

भारतीय क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मा अर्को वर्ष माता-पिता बन्ने भएका छन् । अनुष्काले सामाजिक सञ्जालमा एक तस्विर शेयर गर्दै यसको जानकारी दिएकी हुन् । उनले श्रीमानसँगको रोमान्टिक तस्विर शेयर गर्दै क्याप्सनमा लेखेकी छन्, ‘अब हामी तीन हुँदैछौं । २०२१ को जनवरीमा तेस्रो आउँदैछ ।’ विराटले पनि यही तस्विर र क्याप्सन शेयर गरेका छन् ।

गत वर्षको व्यावसायिक तथा समीक्षात्मक रूपमा सफल फिल्म ‘आमा’ पछि निर्देशक दीपेन्द्र के. खनाल नयाँ फिल्मको तयारीमा छन् । लकडाउन अन्त्य भएपछि उनले चलचित्र विकास बोर्डमा दुई चलचित्र ‘चिसो मान्छे र लकडाउन’ दर्ता गरेका थिए । जसमध्ये पहिला ‘चिसो मान्छे’ निर्माण हुनेछ । लकडाउनयता घरमै बसेर निर्देशक खनाल यो फिल्मको स्क्रिप्टमा काम गरिरहेका छन् ।

आगामी शैक्षिकसत्रदेखि विद्यार्थीहरुले फिल्म पढ्न पाउने भएका छन् । आम मानिसलाई नेपाली फिल्मको इतिहास र प्राविधिकलगायतका पक्षमा जानकारी दिने उद्येश्यले विद्यालयको पाठ्य पुस्तकमा फिल्मलाई समेट्न लागिएको हो । पाठ्यक्रम विकास केन्द्रसँग फिल्मलाई पाठ्यक्रममा समावेश गर्ने मोटामोटी सहमति भएको चलचित्र विकास बोर्डले जानकारी दिएको छ ।

वरुण धवन स्टारर फिल्म ‘कुली नम्बर १’ ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ । अमेजन प्राइममा फिल्म रिलिज हुन लागेको हो । सेप्टेम्बरको पहिलो हप्ता फिल्मको रिलिज डेट घोषणा हुने बताइएको छ । अहिले ‘मिर्जापुर २’ को प्रमोशन चलिरहेका कारण अमेजनले ‘कुली नम्बर १’ को रिलिज डेट घोषणा गर्न नसकेको हो । फिल्मको ओटीटी राइट्स महंगा मुल्यमा विक्री भएको छ ।

कोरोना भाइरसका कारण विगत पाँच महिनायता फिल्म क्षेत्र पूर्ण रुपमा ठप्प छ । लकडाउनपछि रोकिएको फिल्म निर्माण र प्रदर्शन अहिलेबाट पुरानो अवस्थामा फर्किने हो, कुनै निश्चित छैन । देशभर बढिरहेको संक्रमितको संख्या हेर्दा दशैंअघि फिल्म क्षेत्र पुनः सञ्चालनमा आउने सम्भावना न्यून देखिन्छ । कोरोना महामारीपछि पनि फिल्म क्षेत्रलाई आफ्नो लयमा फर्किन सहज छैन ।

