Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साउथ स्टार विजयसँग तापसीको जोडी

एजेन्सी, मुम्बई, 2020/08/28
 
साउथ इन्डस्ट्रीका चर्चित अभिनेता विजय सेतुपतिको नयाँ फिल्म ‘लाबम’ को हालै ट्रेलर सार्वजनिक भएको छ । यो फिल्ममा विजयको अपोजिटमा श्रुति हासन देखिँदैछिन् । ट्रेलरलाई दर्शकहरुले निकै रुचाएका छन् । योसँगै विजयको पाइपलाइनमा केही फिल्म छन्, जसको निकै धेरै प्रतिक्षा भइरहेको छ । उनी दीपक सुन्दरराजनले निर्देशन गर्ने एक फिल्ममा पनि काम गर्दैछन् । 
 
दीपकले यही फिल्मबाट निर्देशकको रुपमा डेब्यू गर्न लागेका हुन् । भारतीय मिडियाका अनुसार, नाम गोप्य राखिएको फिल्ममा विजयसँग बलिउड अभिनेत्री तापसी पन्नूले पहिलो पटक काम गर्दैछिन् । उनीसँग निर्माण टिमको कागजी सम्झौता भइसकेको छ । आउँदो सेप्टेम्बरबाट फिल्मको छायांकन सुरु हुँदैछ । तापसीले यसअघि पनि केही साउथ फिल्ममा काम गरिसकेकी छन् । 
 
उनी पछिल्लो पटक फिल्म ‘थप्पड’ मा देखिएकी थिइन् । यो फिल्ममा उनको अभिनयको निकै प्रशंसा भएको थियो । उनले केही सम्झनालायक साउथका फिल्ममा पनि अभिनय गरेकी छन्, जसमध्ये ‘गेम ओभर’ र राष्ट्रिय पुरस्कार विजेता फिल्म ‘आडुकलम’ सामेल छ । त्यस्तै, विजय सेतुपतिसँग यो समय ‘रणसिंगम’, ‘कदैसी विवासाय’, ‘लाबम’, ‘तुगलक दरबार’ जस्ता फिल्म छन् । 
Most Visited News (monthly)