Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखाको आग्रह : ‘संक्रमितलाई बहिष्कार होइन, माया गरौंं’

फिल्मीखबर, काठमाण्डौ, 2020/08/29
 
चीनबाट संसारभर फैलिएको कोरोना भाइरसको संक्रमणले नेपाललाई पनि छपक्कै छोइसकेको छ । दिन प्रतिदिन संक्रमितको संख्या बढिरहेको छ । संक्रमणले भयावह रुप लिन थालेपछि गएको हप्ताबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरिएको छ । तर, संक्रमितको संख्या घटेको छैन । यो अवस्थामा सबैलाई सावधानी अपनाएर घरमा बस्न सरकारले आग्रह गरिरहेको छ ।
 
अहिले समाजमा कोरोना संक्रमितलाई ठूलो अपराध गरेजस्तो दुर्व्यवहार गर्ने प्रवृति देखिएको छ । उनीहरुलाई घृणाको नजरले हेर्ने गरिन्छ । संक्रमित कोही रहरले हुँदैन र संक्रमित हुनु अपराध गर्नु पनि होइन । तर, समाजमा अपराध गरेझैं संक्रमितलाई दुर्व्यवहार गरेका खबरहरु बाहिर आइरहेका छन् । संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीमाथि पनि दुर्व्यवहार हुने गरेको छ ।
 
अभिनेत्री रेखा थापाले संक्रमितलाई सबैले माया गर्न आग्रह गरेकी छन् । उनले इन्स्टाग्राममा लेखेकी छन्, ‘कोरोना संक्रमितलाई बहिष्कार गर्ने होइन, संक्रमक भाइरसबाट सचेत रहौं । संक्रमित व्यक्तिलाई हामी सबैले झन धेरै माया गरौं (सावधानी साथ) । भाइरस नसर्ने तरिकाले सम्मान र सद्भाव देखाऔं ।’ स्वास्थ्य क्षेत्रमा काम गर्नेलाई उच्च सम्मान गर्न पनि उनको आग्रह छ ।
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

कोरोना सन्क्रमितलाई बहिष्कार गर्ने होइन सन्क्रामक भाईरसबाट सचेत रहौ । सन्क्रमित ब्यक्तिलाई हामी सबैले झन धेरै माया गरौ (साबधानी साथ) । भाईरस नसर्ने तरिकाले सम्मान र सदभाव देखाऔ । खास गरी स्वास्थ्य क्षेत्रमा काम गर्ने बहादुर र प्रतिभवान आफन्तलाई उच्च सम्मान गरौ । Photo #Maalika

A post shared by Rekha Thapa, Actor/Director (@rekha.thapa) on

 
रेखा कोरोनाको त्रासका कारण लकडाउनयता घरभन्दा बाहिर खासै निस्किएकी छैनन् । स्थिति सामान्य भएपछि नयाँ फिल्मको छायांकनमा व्यस्त हुने तयारीमा रहेकी उनले अहिले आफ्नो शरीर स्लिम बनाउन दैनिक घन्टौं व्यायम गर्ने गरेकी छन् । लकडाउनको समयमै २० केजी तौल घटाएकी उनी शरीरलाई तन्दुरुस्त र सन्तुलित बनाइराख्न व्यायम गर्ने गरेको बताउँछिन् । 
Most Visited News (monthly)