Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7729 - 7734 of 23769
एजेन्सी, मुम्बई, 2020-09-09, बुधवार

अभिनेत्री कंगना रनावत मुम्बई पुग्नुभन्दा अगाडि नै मुम्बई नगर निगम (बीएमसी) ले उनको अफिसमा डोजर चलाएको छ । उनको मुम्बईस्थित अफिसमा अवैध निर्माणलाई लिएर बीएमसीले २४ घण्टामा दोस्रो नोटिस पठाएको थियो । यसको केही घण्टामा बीएमसीको एक टिमले डोजर र क्रेनसहित अफिस तोडफोड गरेको छ । कंगनाको अफिस बान्द्राको पाली हिलमा अवस्थित छ ।

फिल्मीखबर, काठमाडौं, 2020-09-09, बुधवार

कोभिड १९ का कारण देश लकडाउन भएपछि फिल्ममा प्राविधिकको रुपमा काम गर्ने हजारौंको रोजीरोटी गुम्यो । उनीहरुलाई दैनिक गुजरा चलाउन पनि सकस भएपछि अभिनेता पल शाहले पाँच लाख बराबरको खाद्यन्न सहयोग गरे । लकडाउन खुकुलो भएपछि म्यूजिक भिडियोको छायांकनमा व्यस्त भएका उनी अहिले बाढी-पहिरो पीडितलाई सहयोग गर्न अगाडि सरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2020-09-09, बुधवार

नेपाली फिल्म क्षेत्रले राम्रो सम्भावना बोकेको लेखक तथा निर्देशक गुमाएको छ, छेतन गुरुङ । मंगलवार विहान २ गते काठमाडौंको मेट्रो अस्पतालमा अन्तिम सास लिएका उनको २०३५ साल माघ २२ गते जन्म भएको थियो । ४२ वर्षको उमेरमा संसार छाडेका उनले ‘डम्बरुको डण्डीवियो’ बाट निर्देशनमा डेब्यू गरेका थिए भने थुप्रै फिल्मको स्क्रिप्ट लेखिसकेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2020-09-09, बुधवार

फिल्म निर्देशक तथा स्क्रिप्ट राइटर छेतन गुरुङको निधन भएको छ । मंगलवार विहान २ बजे काठमाडौंको मेट्रो अस्पतालमा उनको ४२ वर्षको उमेरमा निधन भएको निर्माता तथा कलाकार सन्तोष सेनले जानकारी दिएका छन् । लिभरमा समस्या देखिएपछि दुई दिन अगाडि उनलाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा निधन भएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2020-09-08, मंगलवार

बलिउड अभिनेत्री तथा दिवंगत अभिनेता सुशान्त सिंह राजपूतकी प्रेमिका रिया चक्रवर्तीलाई एनसिबीले मंगलवार पक्राउ गरेको छ । उनीमाथि ड्रग्स प्रयोग गरेकोसहित विभिन्न गम्भीर आरोप लागेको थियो, जसको विषयमा नारकोटिक्स कन्ट्रोल ब्यूरोले उनीसँग निरन्तर सोधपुछ गरेको थियो । पक्राउ गरेपछि मेडिकल टेस्ट र कोरोना परीक्षण गर्न उनलाई अस्पताल लगिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2020-09-08, मंगलवार

सम्भवतः यति लामो समयसम्म फिल्म क्षेत्रले विश्राम लिएको पहिलो पटक हो । कोरोनाको संक्रमण फैलिन नदिन गएको चैतबाट सरकारले लकडाउन गरेपछि फिल्म क्षेत्र सुनसान छ । फिल्म निर्माण, प्रदर्शन र वितरण ठप्प छ । ६ महिनायता फिल्म सम्बन्धि कुनै कार्य नहुँदा कलाकार फुर्सदिला भएका छन् । प्राविधिकहरुलाई बिहान बेलुका हातमुख जोर्न समेत समस्या हुन थालेको छ ।

Results : 7729 - 7734 of 23769
Most Visited News (monthly)