Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आदिपुरुष’ मा प्रभाससँग भिड्दै सैफ

फिल्मीखबर, मुम्बई, 2020/09/03
 
बलिउड अभिनेता सैफ अली खान एकपटक फेरि भिलेनको भूमिकामा देखिने भएका छन् । फिल्म ‘आदिपुरुष’ मा उनले रावणको भूमिका निर्वाह गर्न लागेको भारतीय मिडियाले बताएका छन् । फिल्मलाई ओम राउतले निर्देशन गर्दैछन् । सैफसँग उनको दोस्रो सहकार्य हो । गत वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘तान्हाजी : द अनसंग वारियर’ मा उनीहरुबीच सहकार्य भएको थियो ।
 
निर्देशक ओम राउतले ‘आदिपुरुष’ मा सैफको अभिनय रहने जानकारी दिँदै ट्विटरमा फिल्मको एक पोस्टर शेयर गर्दै लेखेका छन्, ‘७ हजार वर्ष अगाडि दुनियाँमा सबैभन्दा वुद्धिमान राक्षस थिए ।’ फिल्मलाई टि सिरिजले निर्माण गर्दैछ । फिल्ममा साउथ सुपरस्टार प्रभासले रामको भूमिका निर्वाह गर्दैछन् । फिल्ममा साउथ अभिनेत्री कीर्ति सुरेश सिताको भूमिकामा हुने चर्चा छ ।
 
इन्डियन एक्सप्रेससँग कुराकानी गर्दै सैफले फिल्मलाई लिएर आफू उत्साहित रहेको बताएका छन् । उनले भनेका छन्, ‘ओमसँग फेरि काम गर्नका लागि अत्यन्त उत्सुक छु । ऊसँग ग्रान्ड भिजन र टेक्निकलको राम्रो ज्ञान छ । म प्रभाससँग स्क्रिन शेयर गर्न र एक राक्षकको भूमिका निभाउनका लागि एकदमै उत्साहित छु ।’ फिल्म तमिल, मलयालम, कन्नड र हिन्दी भाषामा निर्माण हुनेछ ।
 
‘बाहुबली र बाहुबली २’ को सफलतापछि विश्वभर आफ्नो पहिचान बनाउन सफल प्रभासमाथि अहिले बलिउड निर्माताहरुले ठूलो लगानी गरिरहेका छन् । उनको भारतीय बजारमा माग पनि उच्च छ । पछिल्लो रिलिज फिल्म ‘साहो’ ले बक्सअफिसमा अपेक्षाकृत व्यापार गर्न नसक्दा हच्किएका उनले ‘आदिपुरुष’ पछि बलिउड अभिनेत्री दीपिका पादुकोणसँग एक फिल्ममा सँगै काम गर्दैछन् ।
Most Visited News (monthly)