Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

साराले सुशान्तसँग ब्रेकअप गर्नुको कारण ‘विश्वासघात’

एजेन्सी, मुम्बई, 2020/09/29
 
अभिनेत्री सारा अली खानले दिवंगत अभिनेता सुशान्त सिंह राजपूतसँग ब्रेकअप गर्नुको कारण विश्वासघात रहेको बताएकी छन् । ड्रग्स मामलामा शनिवार नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसिबी) सँग सोधपुछको क्रममा उनले फिल्म ‘केदारनाथ’ को छायांकनको क्रममा आफूहरु एकअर्काको प्रेममा डुबेको तर केही महिनापछि अर्थात् २०१९ को जनवरीबाट अलग भएको बताएकी छन् ।
 
बलिउड भाष्करका अनुसार, ‘केदारनाथ’ को छायांकनको क्रममा सारा सुशान्तको घरमा बस्न थालेकी थिइन् । उनले एनसिबीसँगको सोधपुछमा सुशान्तसँग ५ दिनका लागि थाइल्यान्डको एक समुन्द्री आइल्यान्डमा गएको र त्यहाँ पार्टी गरेको बयान दिएकी छन् । उनले ‘केदारनाथ’ को छायांकनको समयमा सुशान्तले ड्रग्स लिने गरेको तर आफूले नलिएको पनि बताएकी छन् ।
 
केही दिन अगाडि सुशान्तका फार्म हाउसका म्यानेजर रईसले सारा अली खानलाई सुशान्त प्रेम प्रस्ताव राख्ने तयारीमा रहेको खुलाएका थिए । उनका अनुसार, सारा २०१८ मा सुशान्तको फार्म हाउसमा जान थालेकी थिइन् । त्यसबेला उनी तीन-चार दिन त्यही बस्ने गर्थिन् । २०१९ पछि भने सारा सुशान्तको फार्म हाउसमा आउन छाडेको रईसले एनसिबीलाई बताएका छन् ।
Most Visited News (monthly)