Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अक्षय कुमार गर्न चाहन्थे ‘धोनी’

एजेन्सी, मुम्बई, 2020/09/30
 
बुधवार अर्थात् ३० सेप्टेम्बरमा नीरज पाण्डे निर्देशित फिल्म ‘एमएस धोनी : द अनटोल्ड स्टोरी’ प्रदर्शनमा आएको चार वर्ष पूरा भएको छ । यो फिल्म सन् २०१६ मा प्रदर्शन भएको थियो । स्वर्गीय सुशान्त सिंह राजपूतको करिअरका लागि माइलस्टोन सावित भएको उक्त फिल्ममा उनको काम निकै रुचाइएको थियो । धोनी र उनको परिवारलाई पनि फिल्म निकै मन परेको थियो । 
 
निर्देशक नीरजका अनुसार, यो फिल्म ९८ प्रतिशत धोनीको वास्तविक जीवनमा आधारित थियो । फिल्ममा जुन स्कूल देखाइएको छ, त्यो वास्तवमै महेन्द्र सिंह धोनीको स्कूल हो, जहाँ उनले बाल्यकालमा पढेका थिए । स्पेशल परमिसन लिएर त्यहाँ फिल्म छायांकन गरिएको थियो । पूर्व क्रिकेटर किरण मोरेले सुशान्त सिंह राजपूतलाई फिल्मका लागि क्रिकेट तालिम दिएका थिए । 
 
हेलिकप्टर सट सिक्ने क्रममा घाइते भएपछि भने सुशान्तलाई धोनी आफैंले तालिम दिएका थिए । सुशान्तभन्दा अगाडि यो फिल्म अक्षय कमारलाई अफर भएको थियो । उनी फिल्म गर्न तयार पनि थिए । तर, निर्देशक नीरजले उनको धोनीसँग लुक्स नसुहाउने कारणले सुशान्तलाई रोजेका थिए । ८० करोडमा बनेको यो फिल्मले बक्सअफिसमा २ सय करोडभन्दा बढी छापेको थियो ।
Most Visited News (monthly)