Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

चलचित्र विकास बोर्डले गर्‍यो ‘स्टोरी बैंक’ स्थापना

फिल्मीखबर, काठमाडौं, 2020/09/29
 
मौलिक फिल्म निर्माणलाई प्रोत्साहन गर्न चलचित्र विकास बोर्डले ‘स्टोरी बैंक’ स्थापना गरेको छ । सरकारले यस वर्षको बजेटमा मौलिक फिल्म निर्माणलाई प्रोत्साहन गर्ने घोषणा गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्न बोर्डले मौलिक कथा छान्न ‘स्टोरी बैंक’ स्थापना गरेको हो । बोडले ‘स्टोरी बैंक’ स्थापनाका लागि ‘स्टोरी बैंक कार्यविधि-२०७७’ मस्यौदा समेत तयार पारेको छ । 
 
बोर्डका सदस्य सचिव महेन्द्रबहादुर साँखीको संयोजकत्वमा गठित ११ सदस्य मस्यौदा समितिले ‘स्टोरी बैंक कार्यविधि-२०७७’ तयार पारेको हो । समितिमा सह-संयोजक नवल खड्का र सदस्यहरुमा विकासराज आचार्य, रविन्द्र रञ्जन झा, फुलमान वल, दिपेन्द्र के. खनाल, छिरिङ रितार शेर्पा, मीनबहादुर भाम, केकी अधिकारी, ताराकुमार श्रेष्ठ र गिरिश शर्मालगायत रहेका छन् । 
 
‘स्टोरी बैंक’ स्थापनापछि फिल्म निर्माणमा सरकारको तर्फबाट सहयोग रहने बोर्डको विश्वास छ । प्राप्त जानकारी अनुसार, ‘स्टोरी बैंक’ का लागि प्राप्त भएका कथामध्येबाट छानिएका पाँच मौलिक कथामा फिल्म बनाउनका लागि राज्यले विभिन्न सुविधा दिनेछ । त्यस्तै, मौलिक छनौटमा नपरेका कथामा कसैले लगानी गर्न चाहेमा राज्यले केही सुविधा उपलब्ध गराउने जानकारी प्राप्त छ । 
Most Visited News (monthly)