
कोरोना भाइरसको महामारीका पूरा विश्व प्रभावित भएको छ । यसबाट फिल्म दुनियाँ पनि अछुतो छैन । कोरोनाका कारण विश्वको सबैभन्दा ठूलो फिल्म उद्योग मानिने हलिउड समेत प्रभावित भएको छ । हलिउडका कयौं फिल्मको निर्माण र रिलिज पछाडि धकेलिएका छन् । यसबीच, अभिनेता रोबर्ट प्याटिनसनको फिल्म ‘द ब्याटम्यान’ को रिलिज ५ महिना पछाडि सारिएको छ ।

फिल्म ‘प्रेमगीत’ पछि अभिनेता प्रदीप खड्का रातारात ‘स्टार’ को रुपमा उदाए । अहिले उनको नेपाली फिल्ममा राम्रो माग छ । उनी अभिनीत पछिल्ला फिल्मले बक्सअफिसमा सफलताको झण्डा गाँड्न असफल भए पनि त्यसले उनको करिअरमा खासै ठूलो असर पारेको देखिन्न । उनलाई लाखौं पारिश्रमिक तिरेर फिल्म खेलाउनका लागि निर्माता/निर्देशकबीच हानाथाप हुने गरेको छ ।

नेपाली फिल्मका ‘ट्रेण्ड सेटर’ निर्देशक मानिन्छन्, निश्चल बस्नेत । नेपाली फिल्म परम्परागत कथ्यशैलीमा रुमलिरहँदा उनले ‘लुट’ जस्तो फरक धारको फिल्म बनाएका थिए । यो फिल्मपछि नै हो नेपाली फिल्ममा कथा भन्ने शैलीमा परिवर्तन आएको । र, ‘लुट’ ले निश्चललाई एउटा विश्वासिलो ब्रान्डको रुपमा स्थापित गर्यो । उनले अहिलेसम्म पनि यही फिल्मको ब्याज खाइरहेका छन् ।

कोरोनाको महामारी सामान्य भएपछि अभिनेता राजेश हमाल आफ्नो निर्देशनमा फिल्म बनाउने तयारीमा छन् । केही महिनादेखि फिल्मको प्रि-प्रोडक्सनको काम भइरहेको उनको भनाई छ । नाम गोप्य राखिएको फिल्ममा उनी स्वयंको अभिनय रहनेछ । उनले पहिलो पटक निर्देशनमा हात हाल्न लागेको कारण उक्त फिल्म कस्तो बन्ला भन्ने चासो र चर्चा फिल्मवृतमा सुरु भएको छ ।

कोरोना कहरको समयमा फिल्मको छायांकन सुरु गर्ने कलाकारको सूचीमा अभिनेत्री आलिया भट्ट पनि थपिएकी छन् । उनले सञ्जय लीला भन्सालीको नयाँ फिल्म ‘गंगूबाई काठियावाडी’ को छायांकन सुरु गरेकी छन् । यो फिल्मको छायांकन जनवरीभित्र पूरा गर्ने तयारी गरिएको छ । भारतीय मिडियाका अनुसार, अहिले फिल्मको छायांकन मुम्बईको फिल्मसिटीमा भइरहेको छ ।

फिल्मले बाल आश्रममा बस्ने बालबालिकाको अवस्था र उनीहरुको मनोविज्ञानलाई देखाउने निर्माता मनोज राजभण्डारीले बताए । उनका अनुसार, फिल्ममा वृद्ध आश्रमको कथा पनि जोडिनेछ ।

