Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुन्दरता अनुहारमा छैन : नीता ढुंगाना

फिल्मीखबर, काठमाडौं, 2020/10/03
 
आफ्नो बोल्ने शैलीका कारण धेरैलाई प्रभावित बनाएकी नीता ढुंगाना अभिनयमा अब्बल मानिन्छिन् । उनको सुन्दरताका प्रशंसक पनि धेरै छन् । बाल्यकालदेखि नै अभिनयमा सक्रिय रहेकी उनले दुई दशक लामो अभिनय करिअरमा तीन दर्जन बढी फिल्ममा आफ्नो अभिनय देखाइसकेकी छन् । ‘मसान’ बाट राष्ट्रिय अवार्ड समेत जितेकी उनको पहिलो हिट फिल्म ‘६ एकान ६’ हो ।
 
नीताले आफ्नो फिल्म करिअरमा स्टारडम कायम गर्न भने सकिनन् । उनी प्रमुख भूमिकामा रहेका प्रायः फिल्मले हलमा घुँडा टेकेका छन् । तर, यसले उनको करिअरमा खासै असर पारेको देखिन्न । आज पनि फिल्ममा उनको व्यस्तता अरु अभिनेत्रीभन्दा कम छैन । मिलनसार र सबैसँग आत्मीय सम्बन्ध कायम गरेका कारण उनी कामविहीन हुनु नपरेको कतिपयको तर्क छ ।
 
पछिल्लो पटक फिल्म ‘रातो टीका निधारमा’ देखिएकी उनी लकडाउन हुनुभन्दा अगाडि फिल्म ‘आकाशे खेती’ को छायांकनमा व्यस्त थिइन् । ६ महिना लामो विश्रामपछि लकडाउनमा गणेश भजनमा स्वर भरेकी उनी चाँडै आफ्नै निर्माण र निर्देशनमा ‘श्रीमद्भगवद् गीता’ नाममा वेब सिरिज बनाउँदैछिन् । कोरोना महामारीपछि उनी ‘माया’ नाममा फिल्म पनि बनाउने तयारीमा छिन् । 
 
आफ्नो उत्कृष्ट अभिनयका कारण चर्चामा आउने गरेकी नीतालाई धेरैले सुन्दरताकी खानी भन्ने गरेका छन् । तर, उनी अनुहारमा सुन्दरता नहुने बताउँछिन् । शुक्रवार साँझ फेसबुकमा आफ्ना केही तस्विर पोस्ट्याउँदै उनले सुन्दरताको बारेमा लेखेकी छन्, ‘सुन्दरता अनुहारमा छैन, सुन्दरता मुटुको उज्यालो हो ।’ बाहिरी सुन्दरताभन्दा भित्री सुन्दरताले महत्त्व राख्ने उनको आशय छ । 
Most Visited News (monthly)