Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7621 - 7626 of 23769
फिल्मीखबर, काठमाण्डौ, 2020-10-07, बुधवार

पछिल्लो समय बलिउडमा सिक्स प्याक हिरोहरुको दबदबा छ । नेपाल फिल्ममा भने थोरै मात्र अभिनेता छन्, जसले सिक्स प्याक शरीर बनाएका छन् । त्यसमध्ये एक हुन्, आर्यन अधिकारी । आफ्नो अभिनय कलाबाट दर्शकलाई प्रभावित बनाउन चुकिरहे पनि उनको सुगठित शरीरले धेरैलाई लोभ्याउने गरेको छ । उनको शरीर हेर्दा बलिउड अभिनेता टाइगर श्राफको झल्को आउँछ । 

फिल्मीखबर, काठमाण्डौ, 2020-10-07, बुधवार

अभिनेता पल शाहले म्यूजिक भिडियो र फिल्ममा जति पनि कलाकारसँग काम गरेका छन्, उनीहरुसँग राम्रो सम्बन्ध बनाएका छन् । कुनै कलाकारसँग उनको पानी बाराबारको सम्बन्ध रहेको सुनिएको छैन । पुष्प खड्का, नाजिर हुसेन, प्रदीप खड्का, पूजा शर्मा, आकाश श्रेष्ठलगायतसँग उनको सुमधुर सम्बन्ध छ । यसैले उनलाई मित्रता निभाउन सक्ने अभिनेता पनि भन्ने गरिन्छ । 

फिल्मीखबर, काठमाडौं, 2020-10-06, मंगलवार

लोकप्रिय हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य लक्षण देखिएपछि सोमवार पिसिआर परीक्षण गराउँदा दुवै जनाको रिपोर्ट पोजेटिभ आएको हो । कलाकार आचार्यले सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट आफूहरुलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-10-06, मंगलवार

कोरोना महामारीका कारण फिल्म निर्माण रोकिँदा धेरै कलाकार कामविहीन भएका छन् । विशेषगरि फिल्ममा सीमित कलाकारलाई लकडाउनले आर्थिक रुपमा ठूलो घाटा भएको छ । केही भने लकडाउनमा मालामाल भएका छन् । पल शाह, नाजिर हुसेन, आकाश श्रेष्ठ, पूजा शर्मालगायतले लकडाउनको समयमा म्यूजिक भिडियोमा काम गरेर लाखौं छापेका छन् ।

एजेन्सी, मुम्बई, 2020-10-06, मंगलवार

साउथ फिल्म इन्डस्ट्रीकी चर्चित अभिनेत्री काजल अग्रवाल यसै वर्ष (२०२०) बैबाहिक जीवनमा बाँधिने भएकी छन् । उनी स्वयंले मंगलवार इन्स्टाग्राममा एक पोस्ट गर्दै आफूले विजनेशम्यान गौतम किचलूसँग विवाह गर्न लागेको जानकारी दिएकी छन् । उनले विवाहको मिति पनि सार्वजनिक गरेकी छन् । उनका अनुसार, आउँदो ३० अक्टोबरका लागि विवाहको मिति तय गरिएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2020-10-06, मंगलवार

कोरोना महामारीले विश्व फिल्म बजारलाई अस्तव्यस्त बनाएको छ । हलिउड/बलिउड जस्ता ठूला फिल्म उद्योग कोरोनाको चपेटामा परेका छन् । यसबाट नेपाली फिल्म क्षेत्र पनि अछुतो छैन । सात महिनादेखि सिनेमा हलमा ताला लागेका छन् । फिल्म निर्माण पनि भएको छैन । जसको प्रत्यक्ष असर दैनिक श्रम गरेर परिवारको गुजरा चलाउने फिल्म प्राविधिकलाई भएको छ । 

Results : 7621 - 7626 of 23769
Most Visited News (monthly)