
डेढ वर्ष अगाडि प्रदर्शनमा आएको अभिनेता अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उपासना सिंह ठकुरी एजुकेशन एण्ड माइग्रेसन कर्नरको ‘ब्रान्ड एम्बास्डर’ मा नियुक्त भएकी छिन् । उनलाई एक वर्षका लागि शुक्रवार एजुकेशन एण्ड माइग्रेसन कर्नरले नियुक्त गरेको हो । अब उनले यो संस्थाका विभिन्न कार्यक्रममा सहभागिता जनाउनेछिन् ।

नेपालमा बर्सेनि बलात्कार र हत्याका घटना बढ्दै गएको छ । आफ्नै पिताबाट छोरी बलात्कृत, ८० वर्षिय वृद्ध महिलाको बलात्कार, बालिकाको बलात्कारपछि हत्या, सवारी साधनभित्र सामुहिक बलात्कारलगायतका दृष्टान्तले देशमा किशोरी एवं महिलाहरु कति असुरक्षित छन् भन्ने प्रमाण पेश गर्छ । तर, सरकार बलात्कारका घटनाप्रति गम्भीर नभएको जन-गुनासो छ ।

अक्षय कुमार अभिनीत फिल्म ‘लक्ष्मी बम्ब’ को ट्रेलर सार्वजनिक भएको छ । राघव लरेन्सको निर्देशनमा बनेको यो फिल्म तमिल फिल्म ‘मुन्नी २ : कञ्चना’ को हिन्दी रिमेक हो । फिल्ममा अक्षयको अपोजिटमा कियारा आडवाणी छिन् । यो अक्षयको पहिलो फिल्म हो, जसमा उनी तेस्रो लिंगीको भूमिकामा देखिएका छन् । फिल्म ९ नोभेम्बरमा डिज्नी हटस्टारमा रिलिज हुँदैछ ।

प्रहरी प्रधान कार्यालयले बिहीवार फिल्म, टेलिफिल्म तथा सर्टफिल्मलगायतमा प्रहरीको पोशाक, मनोग्राम र दर्ज्यानी चिह्नको दुरुपयोग भएकोप्रति आपत्ति जनाउँदै स्वीकृति बिना त्यस्ता काम गरे कारबाही गर्ने चेतावनीपूर्ण विज्ञप्ति जारी गरेपछि प्रहरीले पञ्चायत कालको रवैया देखाएको र नेपाली फिल्ममाथि अंकुश लगाउन खोजेको भन्दै फिल्मकर्मीहरु आक्रोशित भएका छन् ।

नेपालमा दैनिकजसो बलात्कारका घटना हुँदै आएका छन् । कोरोना महामारीको समयमा पनि मुलुकका विभिन्न स्थानमा बलात्कार तथा हत्याका घटना श्रृखलावद्धरुपमा भइरहँँदा आम मानिस त्रासमा बाँचिरहेका छन् । तर, देशका गृहमन्त्री अन्य देशको तुलनामा बलात्कारको घटनालाई लिएर नेपाल चिन्तित हुनुपर्ने अवस्थामा नभएको भन्दै गैरजिम्मेवारी अभिव्यक्ति दिँदै हिँडेका छन् ।


