Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रहरीले भन्यो- ‘फिल्ममा अनुमति बिना प्रहरीको पोशाक प्रयोग गरे कारबाही हुन्छ’

फिल्मीखबर, काठमाण्डौ, 2020/10/08
 
फिल्म, टेलिफिल्म तथा टेलिफिल्मलगायतमा नेपाल प्रहरीले प्रयोग गर्ने पोशाकको दुरुपयोग बढेको भन्दै प्रहरी प्रधान कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ । बिहीवार एक विज्ञप्ति जारी गर्दै प्रहरी कार्यालयले अनुमति बिना फिल्मसँगै सर्टमुभी, प्रयांक भिडियो, म्युजिक भिडियोमा प्रहरीको पोशाक, मनोग्राम र दर्ज्यानी चिह्नको दुरुपयोग गरे कारबाही गर्ने चेतावनी दिएको छ ।
 
प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुवेर कडायतद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ, ‘विभिन्न चलचित्र, टेलिचलचित्र, सर्ट फिल्म, प्र्यांक भिडियो, सांगीतिक भिडियो, टिकटक भिडियोलगायत टेलिभिजन तथा स्टेज कार्यक्रमहरुमा नेपाल प्रहरीले प्रयोग गर्ने विभिन्न पोशाकहरुको दुरुपयोग भइरहेको सम्बन्धमा प्रहरी प्रधान कार्यलयको ध्यानआकर्षण भएको छ ।’
 
प्रहरी पोशाकको प्रयोग गर्नुभन्दा अगाडि प्रहरी प्रधान कार्यालय नक्सालस्थित जनसम्पर्क तथा प्रचार-प्रचार इकाईमा प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने प्रावधान रहेकाले कुनै पनि प्रयोजनका लागि स्वीकृति बिना प्रहरी पोशाक, मनोग्राम र दर्ज्यानी चिह्न प्रयोग नगर्न विज्ञप्तिमार्फत् आग्रह गरिएको छ । स्वीकृति बिना यस्ता कार्य गरे कानुन बमोजिम कारबाही हुने विज्ञप्तिमा उल्लेख छ ।
 
 
प्रहरी प्रधान कार्यालयको यस प्रकारको विज्ञप्तिप्रति निर्देशक दीपेन्द्र लामाले आपत्ति जनाएका छन् । नेपाल प्रहरीले पञ्चायत कालको मानसिकता त्याग्न आवश्यक रहेको उनको भनाई छ । उनले फेसबुकमा स्टाटस लेख्दै फिल्मकर्मीको विवेकलाई सम्मान गर्न आग्रह गरेका छन् । केही फिल्मकर्मीले भने फिल्म र टिकटकलाई प्रहरीले एउटै चस्माले हेरेकोप्रति आपत्ति जनाएका छन् ।
Most Visited News (monthly)