Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रधानमन्त्रीलाई ऋचाको चिठ्ठी- ‘मेरो छोरी जन्मिएला भन्ने डर लागेको छ’

फिल्मीखबर, काठमाण्डौ, 2020/10/09
 
नेपालमा दैनिकजसो बलात्कारका घटना हुँदै आएका छन् । कोरोना महामारीको समयमा पनि मुलुकका विभिन्न स्थानमा बलात्कार तथा हत्याका घटना श्रृखलावद्धरुपमा भइरहँँदा आम मानिस त्रासमा बाँचिरहेका छन् । तर, देशका गृहमन्त्री अन्य देशको तुलनामा बलात्कारको घटनालाई लिएर नेपाल चिन्तित हुनुपर्ने अवस्थामा नभएको भन्दै गैरजिम्मेवारी अभिव्यक्ति दिँदै हिँडेका छन् ।
 
गएको हप्ता गृहमन्त्री रामबहादुर थापाले बलात्कार र हिंसाको सन्दर्भमा अन्य देशहरुको अवस्था गर्दा नेपाल धेरै चिन्तित हुनुपर्ने स्थितिमा नभएको र बलात्कारको घटनामा नेपाल ‘सायद टप १५ भित्र’ पर्ने हल्का टिप्पणी गरेका थिए । उनको यो अभिव्यक्तिको चौतर्फी विरोध भएको थियो । अभिनेत्री ऋचा शर्माले पनि गृहमन्त्री थापाको गैरजिम्मेवार अभिव्यक्तिको विरोध गरेकी थिइन् । 
 
उनले बलात्कारका घटनालाई लिएर हल्का टिप्पणी गर्ने वर्तमान गृहमन्त्री, अघिल्ला गृहमन्त्री र विभिन्न राजनीतिक व्यक्तिको भविष्यमा लेखाजोखा हुने बताएकी थिइन् । यसबीच, उनले देशमा बढिरहेको बलात्कारका घटनाप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठ्ठी लेखेकी छन् । उनले हिजोआज आफू नारी भएकोमा लाज लाग्न थालेको चिठ्ठीमा उल्लेख गरेकी छन् ।
 
बिहीवार ऋचा शर्माले फेसबुकमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेको चिठ्ठी यस्तो छ :-
 
आदरणीय प्रधानमन्त्री ज्यू,
 
एउटा अभिनेत्री बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैंलाई लाज लाग्न थालेको छ, डर लाग्न थालेको छ, मन आत्तिन थालेको छ । ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ । मलाई भोलीको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ । मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकुँला कि भन्ने डर लाग्न थालेको छ ।
 
मलाई भोली छोरा पाउन नि डर लाग्न थालेको छ । मैले जति संस्कार र अनुशासन सिकाउन खोजे पनि यो देश र यहाँको कानुनले केही नगर्ने रहेछ भन्ने मनस्थितिमा हुर्किन्छ कि भन्ने पिर पर्न थालेको छ । दिनहुँ स-साना नाबालकहरुलाई पनि बलात्कार गर्ने भक्षकहरु या त खुलेआम हिँडेको या ढाकछोपले सामान्य जरिवाना र गन्न मिल्ने जेलका दिनहरु बिताएको देख्दा एउटा नारी भएको हिजोआज आफैलाई लाज लाग्न थालेको छ । 
 
जुन देशमा नारीलाई पुजिन्छ, जुन देशमा सम्माननीय राष्ट्रपति स्वयं एक महिला हुनुहुन्छ, त्यस देशमा बलात्कार जस्तो जघन्य अपराधलाई कानुन कार्यान्वयनक निकायहरूले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्नि परिक्षा दिएको युगमै छौ झैँ लाग्छ । हामी टेक्नोलोजीले चाहिँ विकसित भयौं तर अफसोस सोचले अझै पिछडिएका छौं । 
 
यहाँ बालिकाहरुलाई समम् खुलेआम राक्षसहरुले भोग लगाउँदा, हामी कठैबरा मात्र भएका छौं । जनताको नभए पनि एकचोटी परिवारमा छोरी नातिनीको आँखामा आँखा जुधाइ भनि हेर्नुस् की यो देशमा उनीहरु सुरक्षित छन् ? म सरकारमा विश्वास राख्ने मान्छे, हिजोआज मेरा पैताला डगमगाउँदैछन् । बाँकी तपाईंहरु बुझ्झकी । 
 
निवेदक                                                                    
एक आम नेपाली नारी,
ऋचा शर्मा
Most Visited News (monthly)