Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

दमदार छ अक्षयको ‘लक्ष्मी बम्ब’ ट्रेलर (भिडियो)

एजेन्सी, मुम्बई, 2020/10/09
 
अक्षय कुमार अभिनीत फिल्म ‘लक्ष्मी बम्ब’ को ट्रेलर सार्वजनिक भएको छ । राघव लरेन्सको निर्देशनमा बनेको यो फिल्म तमिल फिल्म ‘मुन्नी २ : कञ्चना’ को हिन्दी रिमेक हो । फिल्ममा अक्षयको अपोजिटमा कियारा आडवाणी छिन् । यो अक्षयको पहिलो फिल्म हो, जसमा उनी तेस्रो लिंगीको भूमिकामा देखिएका छन् । फिल्म ९ नोभेम्बरमा डिज्नी हटस्टारमा रिलिज हुँदैछ ।
 
फिल्मको ट्रेलर हेरेपछि दर्शकले अक्षयको अभिनयको तारिफ गरेका छन् । ट्रेलरमा उनी कमेडी अन्दाजमा देखिएका छन् । ३ मिनेट ४० सेकेण्डको ट्रेलरले अक्षय अभिनीत फिल्म ‘भूल भूलैया’ र राजकुमार रावको ‘स्त्री’ को पनि याद दिलाउँछ । ट्रेलर निकै इन्टरटेनिङ छ । तेस्रो लिंगीको भूमिकामा अक्षयले अभिनयको नमुना पेश गरेका छन् । लक्ष्मीको लुक्समा उनी जमेका छन् । 
 
यो फिल्ममा अक्षय र कियाराका अलावा तुषार कपूर, शरद केलकर, अश्विनी कल्सेकर जस्ता कलाकारहरुको पनि अभिनय छ । ‘लक्ष्मी बम’ पहिला २२ मे २०२० मा प्रदर्शनमा आउने तयारीमा थियो । तर, कोरोनाको महामारीका कारण अब यो फिल्म ओटीटी प्लेटफर्ममा रिलिज हुँदैछ । यूट्युबमा ट्रेलर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा फिल्म बहिष्कारको माग उठेको छ । 
 
ट्रेलर हेर्नुहोस् :-
 

Most Visited News (monthly)