Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वर्षाको प्रश्न- ‘कहाँ छ नारीको सुरक्षा ?’

फिल्मीखबर, काठमाण्डौ, 2020/10/09
नेपालमा बर्सेनि बलात्कार र हत्याका घटना बढ्दै गएको छ । आफ्नै पिताबाट छोरी बलात्कृत, ८० वर्षिय वृद्ध महिलाको बलात्कार, बालिकाको बलात्कारपछि हत्या, सवारी साधनभित्र सामुहिक बलात्कारलगायतका दृष्टान्तले देशमा किशोरी एवं महिलाहरु कति असुरक्षित छन् भन्ने प्रमाण पेश गर्छ । तर, सरकार बलात्कारका घटनाप्रति गम्भीर नभएको जन-गुनासो छ । 
 
 
गएको हप्ता गृहमन्त्री रामबहादुर थापाले अन्य देशहरुको अवस्था गर्दा बलात्कारको घटनालाई लिएर नेपाल चिन्तित हुनुपर्ने स्थितिमा नभएको भन्दै टिप्पणी गरेका थिए । उनको यो अभिव्यक्तिले राज्य सत्ता सञ्चालन गर्ने वर्गले बलात्कारका घटनालाई सामान्य रुपमा लिएको बुझाउँछ । देशमा बलात्कार र हत्याका घटना बढ्न थालेपछि कलाकारहरु पनि चिन्तित देखिएका छन् ।
 
बिहीवार अभिनेत्री ऋचा शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठ्ठी लेख्दै आफूलाई छोरी जन्मिएला कि भन्ने डरले सताउन थालेको बताएकी छन् । त्यस्तै, अर्की अभिनेत्री वर्षा राउतले देशमा बलात्कारका घटना बढिरहँदा नारीको सम्मान र सुरक्षा कहाँ छ ? भनेर प्रश्न गरेकी छन् । नेपाली कानुनले आँखा मात्र नभइ कान र मुखमा पनि पट्टी बाँधेको भान भइरहेको उनको भनाई छ ।
 
उनले शुक्रवार फेसबुकमा प्रश्न गर्दै लेखेकी छन्, ‘म एक नारी हुँ ! एक नेपाली नारी ! धेरै अघिदेखिको राजनीतिक संघर्षबाट प्राप्त नेपालको संविधानले हामी नेपाली नारीहरूलाई सम्मानित, सुरक्षित र सामान अवसरका साथ बाच्न पाउने व्यवस्थाको लाभ उठाइरहेको नारी ! यस्तो संवैधानिक व्यवस्था ल्याउन भूमिका खेल्ने सबैलाई धन्यवाद ! तर, कति दिन धन्यवाद भनिरहने ?’
 
नारी अधिकारका लागि बनेको कानुन कागजमा मात्र सीमित भएको गुनासो पोख्दै अभिनेत्री राउतले कानुन मन्त्री र न्याय मुर्ती नारी भए पनि मौन रहेको बताएकी छन् । उनी अगाडि लेख्छिन्, ‘भर्खर जन्मेको शिशुदेखि ८० बर्षे बृद्धासम्म बलात्कृत, बाउद्वारा छोरी बलात्कृत, बालिका बलात्कृत, हिमाल, पहाड, तराई, गाउँ, सहर, वन, जंगल, गल्ली, कार्यालय सबैतिर बलात्कार ।’
 

 
उनले नारीलाई सम्मान, सुरक्षा र नारीका लागि कानुन कहाँ छ ? भनेर प्रश्न गरेकी छन् । नारीका रक्तपिपासुहरू खुलेआम कानुनको कार्पेटमा पुरुषार्थ प्रदर्शन गरेर हिँडिरहेको तर कानुनको परिपालना गर्ने निकायका जिम्मेवार व्यक्तिहरु बलात्कारको संख्या गन्दै सफलता आँकलन गर्नमा व्यस्त रहेको उनको गुनासो छ । उनी प्रश्न गर्छिन्, ‘कसले दिने हामीलाई सुरक्षा अनि न्याय ?’
Most Visited News (monthly)