Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सौगात र सृष्टिको माया

फिल्मीखबर, काठमाण्डौ, 2020/11/01
 
सेलिब्रेटीहरु सकभर प्रेम सम्बन्ध लुकाउन चाहन्छन् । लभ लाइफ सार्वजनिक गर्दा फ्यान फलोइङ घट्ने र करिअरलाई असर पर्ने डरले प्रायः कलाकार प्रेम सम्बन्ध गोप्य राख्ने गर्दछन् । तर, केही जोडीलाई भने यी कुराको कुनै प्रवाह छैन । उनीहरु खुल्लम खुल्ला प्रेममा रमाइरहेका छन् । यसका एक उदाहरण हुन्, अभिनेता सौगात मल्ल र अभिनेत्री तथा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ । 
 
तीन वर्षदेखि उनीहरु एकअर्काको प्रेममा रमाइरहेका छन् । केही समय मिडियाबाट लुकेर माया साटेका सौगात र सृष्टि पछिल्लो समय निस्फिक्री एकअर्काप्रति मिडिया र सामाजिक सञ्जालको माध्यमबाट प्रेम अभिव्यक्ति गरिरहेका हुन्छन् । उनीहरुले एकसाथ केही फिल्ममा काम पनि गरिसकेका छन् । रिल र रियल दुवैमा दर्शकहरुले उनीहरुको जोडीलाई निकै मन पराएका छन् । 
 
सौगात र सृष्टिले पहिलो पटक फिल्म ‘मासु भात’ मा काम गरेका थिए । तर, निर्माण सम्पन्न भएको लामो समयसम्म पनि यो फिल्म प्रदर्शनमा आउन सकेको छैन । यसपछि उनीहरुले फिल्म ‘पोइ पर्‍यो काले’ मा काम गरे, जुन प्रदर्शन भइसकेको छ । यो जोडीले काम गरेको अर्को फिल्म ‘माइकल अधिकारी’ प्रदर्शनको पखाईमा छ भने फिल्म ‘सँगैसँगै’ मा पनि काम गर्ने तयारीमा छन् ।
 
कोरोना भाइरसका कारण आठ महिनादेखि सौगात र सृष्टि काठमाडौंमा सँगै बस्दै आएका छन् । सौगात सामाजिक सञ्जालबाट टाढा भए पनि सृष्टिले बेला मौकामा सौगातसँग खिचेका रोमान्टिक तस्विरहरु इन्स्टाग्राममा पोस्ट गरिरहेकी हुन्छिन् । आइतवार इन्स्टामा उनले सौगातले आफ्नो कपाल मिलाइरहेको भिडियो शेयर गरेकी छन् । सौगात र सृष्टिको माया साँच्चै अवर्णनिय छ ।
Most Visited News (monthly)