Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

सलमान, आमिर र सनीले छाडेका फिल्मले सुपरस्टार बनेका शाहरुख

एजेन्सी, मुम्बई, 2020/11/02
 
सोमवारबाट ५५ वर्षमा प्रवेश गरेका बलिउड अभिनेता शाहरुख खानले ९० को दशकको आफ्नो करिअर सुरु गरेका थिए । त्यसबेला बलिउडमा केही यस्ता फिल्म बनिरहेका थिए, जुन चलेका कलाकारहरुले साइन गरिरहेका थिएनन् । उनीहरुले छाडेको फिल्ममा नयाँ कलाकारले काम गर्ने अवसर पाउँदथे । यिनै छाडेका फिल्म गरेर सुपरस्टार बनेका हुन्, शाहरुख खान । 
 
सलमान खान, आमिर खान र सनी देओलले छाडेका यी पाँच फिल्मबाट सुपरस्टार बनेका थिए शाहरुख खान :-
 
दीवाना
 
९० को दशकमा आएको फिल्म ‘दीवाना’ शाहरुख खानको पहिलो सुपरहिट फिल्म थियो । तर, यो फिल्म सबैभन्दा पहिला सनी देओललाई अफर गरिएको थियो । तर, उनले काम गर्न अस्वीकार गरेपछि यो फिल्ममा शाहरुख खानको इन्ट्री भएको थियो । 
 
डर
 
निर्देशक तथा निर्माता यश चोपडाले आफ्नो फिल्म ‘डर’ मा सबैभन्दा पहिला आमिर खानलाई साइन गर्न चाहेका थिए । तर, नेगेटिभ भूमिकाका कारण उनले काम गर्ने इच्छा नदेखाएपछि फिल्ममा शाहरुख खानको प्रवेश भएको थियो । 
 
बाजीगर
 
शाहरुख खानको करिअरको सबैभन्दा सफल फिल्ममध्ये एक हो, ‘बाजीगर’ । यसमा उनको अभिनयको निकै प्रशंसा भएको थियो । तर, ‘बाजीगर’ का लागि शाहरुख पहिलो रोजाई भने थिएनन् । फिल्मका लागि सलमान खान पहिलो रोजाई थिए । तर, उनले नेगेटिभ भूमिकाका कारण काम गर्न नचाहेपछि यो फिल्म शाहरुख खानको पोल्टामा परेको थियो । 
 
करण अर्जुन
 
फिल्म ‘करण अर्जुन’ का लागि सनी देओल र अजय देवगन पहिलो च्वाइस थिए । उनीहरुले फिल्ममा काम गर्ने सहमति पनि जनाएका थिए । तर, अन्तिम समयमा फिल्मबाट हात झिकेपछि फिल्ममा शाहरुख खान र सलमान खानलाई साइन गरिएको थियो । 
 
चक दे इन्डिया
 
यशराज ब्यानरमा बनेको फिल्म ‘चक दे इन्डिया’ पहिला सलमान खानलाई अफर गरिएको थियो । तर, उनलाई स्क्रिप्ट खासै चित्त बुझेन । यसपछि निर्माताले शाहरुख खानलाई फिल्ममा साइन गराएका थिए । पछि यो फिल्म ब्लकबस्टर सावित भएको थियो । 
Most Visited News (monthly)