Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आमा’ निर्देशक खनाललाई पितृशोक

फिल्मीखबर, काठमाडौं, 2020/11/04
 
निर्देशक, निर्माता तथा छायाँकार दीपेन्द्र के. खनाललाई पितृशोक परेको छ । उनका पिता श्याम कुमार खनालको ६६ वर्षको उमेरमा निधन भएको हो । खनालको उपचारको क्रममा निधन भएको वितरक तथा निर्माता करण श्रेष्ठले जानकारी दिए । निर्देशक खनालका पिताको निमोनियाका कारण बुधवार मनमोहन अस्पतालमा निधन भएको हो । उनका तीन छोरा र एक छोरी छन् । 
 
विदूर नगरपालिका वडा नं. ५ माझीटार नुवाकोटमा जन्मिएका श्याम कुमार खनाल लामो समयदेखि शिक्षा क्षेत्रमा आबद्ध थिए । उनको निधनप्रति शिक्षा क्षेत्रका व्यक्तिसँगै फिल्मकर्मीहरुले सामाजिक सञ्जालको माध्यमबाट दुःख व्यक्त गरेका छन् । निर्देशक दीपेन्द्र के. खनाल पितासँग निकै नजिक थिए । उनले आफ्नो पछिल्लो फिल्म ‘आमा’ पितालाई हलमै लगेर देखाएका थिए । 
 
निर्देशक दीपेन्द्र के. खनाल स्थिति सामान्य भएपछि सामाजिक विषयवस्तुमा बन्न लागेको फिल्म ‘चिसो मान्छे’ को छायांकन थाल्ने तयारीमा छन् । योसँगै उनको पाइपलाइनमा फिल्म ‘लकडाउन’ छ । हरेक फिल्ममा एक्सपेरिमेन्ट गर्न रुचाउने उनले ‘पशुपति प्रसाद’ जस्तो उम्दा फिल्म दर्शकलाई पस्किसकेका छन् । उनले ‘द यूगदेखि यूगसम्म’ बाट निर्देशकिय यात्रा आरम्भ गरेका थिए । 
Most Visited News (monthly)