Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ऋचा शर्माले जितिन् कोरोना

फिल्मीखबर, काठमाण्डौ, 2020/11/05
 
नेपालमा भयावह रुपमा फैलिएको कोरोनाको संक्रमणबाट नेपाली फिल्मकर्मीहरु पनि अछुतो रहन सकेका छैनन् । अहिलेसम्म एक दर्जन बढी फिल्मकर्मी कोरोनाबाट संक्रमित भइसकेका छन् । केहीले कोरोनालाई पराजित गरेका छन् भने कोही होम आइसोलेसनमा बसेर स्वास्थ्यलाभ गरिरहेका छन् । कोरोनाबाट छायाँकार बैकुण्ठमान मास्केको निधन समेत भइसकेको छ ।
 
एकपछि अर्का फिल्मकर्मी कोरोना संक्रमित भइरहेको अवस्थामा अभिनेत्री ऋचा शर्मालाई पनि तीन हप्ता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । तीन हप्ता सेल्फ क्वारेन्टिनमा बसेपछि उनले कोरोनालाई जितेकी छन् । गएको मंगलवार गराएको पिसिआर परीक्षणमा उनको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । उनले फेसबुकमार्फत् आफू कोरोनामुक्त भएको जनाएकी छन् ।
 
आफूले कोरोना जितेको खुसी साट्दै उनले लेखेकी छन्, ‘विश्वव्यापी कोरोनाको यस महामारी एउटा अटुट सत्य हो र यसबाट सकेसम्म आफू र आफ्नो परिवारको सुरक्षा गर्नु हामी सम्पूर्णको दायित्व । भनिन्छ कि पढेर जानिन्छ कि परेर । यस भयावह अवस्थाबीच म पनि कोरोनाबाट संक्रमित हुन पुगेँ । पछिल्लो तीन हप्तादेखि सेल्फ क्वारेन्टिनमा बसी अब सम्पूर्ण रुपमा स्वस्थ भएको छु ।’
 

 
उनले अगाडि लेखेकी छन्, ‘कोरोनाको बारे हामीलाई अझै स्मपुर्ण ज्ञान नभएको, नयाँ फाइन्डिङहरु आइरहेको र नेपाल जस्तो विकासोन्मुख देशमा यसरी फैलिँदा आफू तथा आफ्नो परिवारको सुरक्षा गर्न म तपाईहरु सबैलाई विनम्र अनुरोध गर्छु । कोरोना जित्न मैले के गरेँ, खानपान, जीवन शैलीबारे छिटै यहाँहरुलाई जानकारी गराउने छु ।’ उनले यो समयमा अग्रपंक्तिमा रहेर काम गर्नेलाई धन्यवाद दिएकी छन् ।
Most Visited News (monthly)