
गत वर्षको चैतबाट कोरोना संक्रमण रोकथामका लागि देश लकडाउन भयो । यसपछि ठप्प रहेको फिल्म क्षेत्र अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । भीडभाड हुने अन्य क्षेत्रले सञ्चालनको अनुमति पाइसक्दा पनि सरकार फिल्म क्षेत्र सुचारु गर्ने विषयमा गम्भीर नदेखिएको फिल्मकर्मीको गुनासो छ । दशैं र तिहारमा समेत ठप्प रहेको फिल्म क्षेत्र कहिले खुल्छ, टुंगो छैन ।




अभिनेता सैफ अली खानले ‘तान्हाजी’ निर्देशक ओम राउतको फिल्म ‘आदिपुरूष’ मा लंकेशको भूमिका निर्वाह गर्दैछन् । यो फिल्मका लागि उनले ११ करोड पारिश्रमिक बुझेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यसअघि उनले हरेक फिल्ममा ३ देखि ४ करोडसम्म पारिश्रमिक लिने गरेका थिए । ‘तान्हाजी’ को सफलतापछि उनले पारिश्रमिक बढाएको बताइएको छ ।

सिनेमा हलबाट भित्तामा टाँस्न बनाइएको पोस्टरको पैसा समेत उठाउन नसकेका फिल्म जब निःशुल्क प्लेटफर्म यूट्युबमा रिलिज हुन्छन्, तब दर्शकको उल्लेख्य साथ मिल्छ । हलमा भने पैसा तिरेर फिल्म हेर्न तिनै दर्शक नाक खुम्च्याउँछन् । बक्सअफिसमा टाँट पल्टिएका फिल्मले यूट्युबमा लाखौं भ्यूज पाएका धेरै उदाहरण छन् । केही फिल्म भने हल र यूट्युब दुवैमा हिट छन् ।

