Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमिताभ बच्चनलाई निर्देशन गर्दै अजय

फिल्मीखबर, काठमाण्डौ, 2020/11/08
 
अजय देवगनले पछिल्लो पटक अमिताभ बच्चनसँग ८ वर्ष अगाडि प्रकाश झाको फिल्म ‘सत्याग्रह’ मा काम गरेका थिए । अब अजयले नयाँ फिल्ममा अमिताभलाई निर्देशन गर्ने भएका छन् । फिल्म ‘मेडे’ मा उनीहरुबीच सहकार्य भएको हो । हैदराबादमा डिसेम्बरबाट छायांकन सुरु हुने फिल्ममा अजयको पनि अभिनय रहनेछ । उनले पाइलटको भूमिका निर्वाह गर्नेछन् । 
 
अमिताभ र अजयले यसअघि ‘मेजर साब, खाकी र सत्याग्रह’ मा काम गरेका थिए । उनीहरुबीच चौथो पटक सहकार्य भएको हो । अजयले भने दोस्रो पटक फिल्म निर्देशन गर्न लागेका हुन् । यसअघि उनले फिल्म ‘शिवाय’ निर्देशन गरेका थिए । फिल्म बक्सअफिसमा औसत चलेको थियो । अहिले उनी फिल्म ‘भुज : द प्राइड अफ इन्डिया’ को छायांकनमा व्यस्त छन् । 
 
अजयले अमिताभको प्रोडक्शनमा बनेको ‘मेजर साब’ को केही सिनको पनि निर्देशन गरेका थिए । निर्देशक टीनू आनन्दसँग अमिताभ बच्चनको मनमुटाव भएपछि टीनूले फिल्म छाडेका थिए । राजनीतिबाट फर्किएका कारण अमिताभलाई यो फिल्म निकै जरुरी थियो । यस्तैमा अजयले निर्देशनको इच्छा देखाएका थिए र आफ्नो साथीको सहयोगले छायांकन पूरा गरेका थिए ।
Most Visited News (monthly)