Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

टिकटकमा पोखिएको केकी र आर्जनको प्रेम

फिल्मीखबर, काठमाण्डौ, 2020/11/10
नेपाली फिल्म क्षेत्रमा बौद्धिक अभिनेत्रीको रुपमा परिचित केकी अधिकारी अहिलेसम्म खासै ठूलो विवादमा तानिएकी छैनन् । यसको एउटै कारण हो, उनी तर्कसहित विचार पस्कन सिपालु छिन् । अभिनयमा पनि आफूलाई प्रमाणित गरिसकेकी उनले एक दशक लामो आफ्नो करिअरमा तीन दर्जन बढी फिल्ममा अभिनय गरेकी छन् । जसमध्ये सफल फिल्म ‘छ माया छपक्कै’ हो ।
 
 
‘मसान, महशुस, ऐश्वर्य, घामपानी, वितेका पल’ लगायतका फिल्ममा उनले गरेको अभिनयको निकै प्रशंसा भएको थियो । उनको डेब्यू फिल्म भने ‘स्वर’ हो । ‘छ माया छपक्कै’ बाट पहिलो पटक हिटको सुख प्राप्त गरेकी उनी लकडाउनअघि फिल्म ‘झिँगेदाउ’ को छायांकन सकेर ‘परदेशी २’ को छायांकनमा व्यस्त थिइन् । तिहारपछि उनले यो फिल्मको बाँकी छायांकन पूरा गर्नेछिन् ।
 
कोरोना महामारी सामान्य भएपछि उनी आफैं पनि फिल्म निर्माण गर्ने तयारीमा छिन् । गएको एक महिनादेखि फिल्ममा अनुबन्ध भएका कलाकारहरु वर्कसपमा व्यस्त  रहेको उनको भनाई छ । केकीले यसअघि फिल्म ‘कोहलपुर एक्सप्रेस’ बनाएकी थिइन् । तर, यो फिल्मलाई चोरीको बात लाग्यो । दक्षिण भारतीय फिल्म ‘मुम्बई एक्सप्रेस’ को कथा हुबहु उतारेर फिल्म बनाइएको थियो ।
 
अभिनय कलाका कारण फिल्म क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएकी केकी केही वर्षयता भने गायक तथा मोडल आर्जन पान्डेको प्रेममा रहेको चर्चा छ । यद्यपि, उनी यस विषयमा मौन छिन् । आर्जनको स्वरमा रहेको ‘झिमिक्कै परेली’ बोलको गीतमा केकीले नृत्य समेत गरेकी छन् । उनीहरुले बेला बखतमा एकअर्काको तस्विर सामाजिक सञ्जालमा पनि पोट्याउने गरेका हुन्छन् ।
 
दुई दिन अगाडि आर्जनले केकीसँग ‘यो पल पलको आवाज हो’ बोलको गीतमा टिकटक भिडियो बनाएका छन् । यो गीतमार्फत् उनीहरुले एकअर्काप्रति प्रेमभाव व्यक्त गरेका छन् । उनीहरु प्रेम सम्बन्धमा रहेको कुरालाई यो टिकटक भिडियोले पनि बल पुर्‍याउँछ । तर, दुवैले प्रेम सम्बन्ध स्वीकार गर्न सकेका छैनन् । प्रेम सम्बन्ध खुलाए करिअरमा असर पर्ने डर त होइन केकीलाई ?
@arjanpandey_official

Yo pal pal ko aawaz ho 💕 ##kekiadhikari ##tiktoknepal ##nepalisong ##trending ##viral ##arjanpandey ##fyp ##nepal

♬ original sound - Ashglowss
Most Visited News (monthly)