Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 2.00/5.00)
Text size:-
+
-

पाँच करोडमा फार्म हाउस खोल्दै दीपकराज

फिल्मीखबर, काठमाण्डौ, 2020/11/10
 
छिमेकी मुलुक भारतमा कयौं कलाकारले करोडौंको लगानीमा फार्म हाउस खोलेका छन् । जसमा उनीहरु फुर्सदको समयमा परिवारसँग समय विताउने गर्दछन् । लकडाउनको समयमा सलमान खानले आफ्नो फार्म हाउसमा कृषि कर्म गरेका तस्विरहरु निकै भाइरल भएका थिए । आम्दानी सीमित हुने भएकाले नेपाली कलाकारहरुले भने फार्म हाउस खोल्न सकेका छैनन् ।
 
‘छक्का पञ्जा’ सिरिजको सफलतापछि आर्थिक रुपमा बलियो भएका कलाकार तथा निर्माता दीपकराज गिरी नेपालमा फार्म हाउस खोल्ने पहिलो नेपाली कलाकार बन्ने भएका छन् । उनले चन्द्रागिरी नगरपालिका (दहचोक) मा फार्म हाउस खोल्न लागेका हुन् । पुर्खर्यौली १० रोपनी जग्गा, दाजुभाइहरुको सम्पत्ति र केही जग्गा किनेर आफूले फार्म हाउस खोल्न लागेको दीपकराजले बताए ।
 
फार्म हाउस निर्माणका लागि पाँच करोडसम्म लगानी लाग्ने उनको प्रारम्भिक अनुमान छ । फार्ममा ७/८ जनासम्म बस्न मिल्ने ३० वटा स–साना घर र सभा, सेमिनारलगायतका कार्यक्रम गर्नका लागि डेढ सय जनासम्म अट्ने सभाहल बनाइने उनले बताए । त्यसबाहेकको १ बिगाहा जग्गामा कृषि सम्बन्धि काम गरिनेछ । दीपकराज तीन महिनादेखि यही फार्मको काममा व्यस्त छन् । 
 
कोरोना भाइरसका कारण फिल्म निर्माण गर्ने अवस्था नभएका कारण आफूले वैकल्पिक पेशा अपनाएको दीपकराज बताउँछन् । फार्मले एउटा आकार लिएपछि नयाँ फिल्मको तयारीमा जुट्ने उनले बताए । उनका अनुसार, फार्म हाउस निर्माणको काम सकिन २ वर्ष लाग्ने अनुमान गरिएको छ । फार्म हाउसमा सिर्जना हुने रोजगारीमा स्थानीयलाई विशेष प्राथमिकता दिने उनको भनाई छ । 
Most Visited News (monthly)