Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

‘वेलकम’ निर्माताको घरबाट गाँजा बरामद, श्रीमती पक्राउ

एजेन्सी, मुम्बई, 2020/11/09
 
ड्रग्स मामलामा जारी छानविनमा नारकोट‍िक्स कन्ट्रोल ब्यूरोले ‘वेलकम, फिर हेरा फेरी, आवारा पागल दीवाना’ फिल्मका निर्माता फ‍िरोज नाड‍ियाडवालाको घरबाट ड्रग्स बरामद गरेको छ । यो शिलशिलामा एनसीबीले निर्माता नाड‍ियाडवालाकी पत्नी शबाना सईदलाई मुम्बईस्थित उनको घरमा दुई साक्षीको उपस्थितिमा गिरफ्तार गरेको छ भने फिरोजलाई पनि सोमवार बोलाइएको छ । 
 
नारकोट‍िक्स कन्ट्रोल ब्यूरो (एनसीबी) लामो समयदेखि बलिउडमा ड्रग्स आपूर्तिको र्‍याकेटको जाँचमा जुटेको छ । एनसीबीले फिरोजकी श्रीमती शबाना सईदको साथबाट १० ग्राम गाँजा बरामद गरेको हो । अँधेरीमा केही दिन अगाडि ड्रग्सको कारोबार गर्ने वाहिद अब्दुल कादिर शेखलाई पक्राउ गरेपछि आइतवार फिरोज नाडियाडवालाको घरमा एनसीबीले खोजतलास गरेको थियो ।
 
अहिलेसम्म ड्रग्स मामलामा कयौं बलिउड सेलिब्रेटीको नाम जोडिसकेको छ ।  गएको हप्ता एनसिबीले अभिनेता अर्जुन रामपालकी गर्लफ्रेन्ड ग्याब्रिएला डेमेट्र‍िएड्सका भाई अगिसिलाओस डेमेट्रिएड्सलाई पक्राउ गरेको थियो । यसका अलावा एनसीबीले धर्मा प्रोडक्शनका पूर्व कर्मचारी क्ष‍ित‍िज प्रसादलाई पनि ड्रग्स मुद्धामा पक्राउ गरिसकेको छ भने केहीसँग सोधपुछ भइरहेको छ ।
Most Visited News (monthly)