
‘बरेली की बर्फी र बधाई हो’ को सफलतापछि जंगली पिक्चर्सले अब भर्सटायल अभिनेता आयुष्मान खुरानासँग फिल्म ‘डक्टर जी’ निर्माण गर्ने भएको छ । यो फिल्मको बारेमा आयुष्मानले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । उनले फिल्मको स्क्रिप्ट निकै यूनिक र इनोभेटिभ रहेको बताएका छन् । यसले दर्शकलाई हँसाउनुका साथै सोच्न बाध्य बनाउने उनको भनाई छ ।

लकडाउनभन्दा अगावैदेखि बन्द रहेका सिनेमा हल यही पुष १० गते शुक्रवारबाट सञ्चालनमा आउँदैछन् । सरकारले सिनेमा हल खोल्ने विषयमा कुनै निर्णय नगरे पनि हल व्यवसायीहरु शुक्रवारबाट सिनेमा हल खोल्ने तयारीमा जुटेका छन् । सरकारले फिल्म क्षेत्रलाई वेवास्था गरेको भन्दै गएको हप्ता नेपाल चलचित्र संघले पुष १० गतेबाट सिनेमा हल खोल्ने स्वःघोषणा गरेको थियो ।

आइतवारदेखि देशको राजनीतिक माहोलप्रति हरेकको चिन्ता र चासो बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेपछि देशमा संवैधानिक संकट छाएको छ । प्रधानमन्त्री र राष्ट्रपतिको यो कदमको अहिले व्यापक विरोध भइरहेको छ । चिया पसलदेखि सामाजिक सञ्जालसम्म यही विषयले तातेको छ ।

फिल्म ‘लज्जा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी शिल्पा पोखरेल पुष ७ गते मंगलवार आफ्नो जन्मदिन मनाउँदैछिन् । उनलाई सामाजिक सञ्जालको माध्यमबाट फिल्मकर्मी तथा शुभचिन्तकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् । तर, यसपालीको जन्मदिनमा उनमा कुनै उत्साह र उमंग छैन । साथीहरुले जन्मदिन सेलिब्रेट गर्ने योजना बनाउँदा पनि उनले मानेकी छैनन् ।

अभिनेत्री मनीषा कोइरालाको आत्मसंस्मरण पुस्तक ‘हिल्ड’ को नेपाली अनुवाद ‘जिजीविषा : क्यान्सरले दिएको नयाँ जीवन’ सार्वजनिक भएको छ । अंग्रेजी संस्करण निकै रुचाइएपछि यसको नेपाली अनुवाद प्रकाशन गरिएको हो । फाइन प्रिन्टले प्रकाशन गरेको पुस्तकको नेपाली अनुवाद पत्रकार स्वरूप आचार्यले गरेका हुन् । ‘हिल्ड’ लाई भने मनीषा र नीलम कुमारले लेखेका थिए ।

जुन समयमा अभिनेता विराज भट्टको नेपाली फिल्म क्षेत्रमा हालिमुहाली थियो, त्यसबेला अभिनेत्री जेनिशा केसीको हातमा फिल्मको कमी थिएन । उनीहरु एकअर्काको प्रेममा रहेको र विराजकै सिफारिसमा जेनिशाले फिल्ममा काम पाएको चर्चा पनि त्यसबेला निकै चलेको थियो । यो जोडीले ‘निगरानी, दोस्ती, तिमी विनाको जीवन, सिन्दूर’ लगायतका फिल्ममा एकसाथ काम गरेका छन् ।

