Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मैले बनाउने फिल्ममा विराज भट्टको सम्भावना धेरै : जेनिशा केसी

फिल्मीखबर, काठमाडौं, 2020/12/21
 
जुन समयमा अभिनेता विराज भट्टको नेपाली फिल्म क्षेत्रमा हालिमुहाली थियो, त्यसबेला अभिनेत्री जेनिशा केसीको हातमा फिल्मको कमी थिएन । उनीहरु एकअर्काको प्रेममा रहेको र विराजकै सिफारिसमा जेनिशाले फिल्ममा काम पाएको चर्चा पनि त्यसबेला निकै चलेको थियो । यो जोडीले ‘निगरानी, दोस्ती, तिमी विनाको जीवन, सिन्दूर’ लगायतका फिल्ममा एकसाथ काम गरेका छन् । 
 
विराजले भोजपुरी फिल्म गर्न थालेपछि भने जेनिशालाई काम पाउनै सकस भएको थियो । अभिनय गरेका फिल्म पनि बक्सअफिसमा टाँट पल्टिए । यसपछि बलिउडमा काम गर्न मुम्बई हानिएकी उनले साढे २ वर्ष मुम्बईमा संघर्ष गर्दा पनि बलिउड प्रवेशको अवसर पाइनन् । बलिउडमा आफूले सोचेझैँ उपलब्धि हासिल नहुँदा दुबई हानिएकी उनी अहिले नेपालमा छिन् ।
 
मुम्बई बसाईको क्रममा बालाजी फिल्मस्बाट निर्देशनमा डिप्लोमा गरेकी उनी एक वर्षभित्र आफ्नै लगानीमा फिल्म निर्माण गर्ने योजनामा छिन् । उनले निर्माण गर्ने फिल्ममा विराज भट्ट हुनेछन् वा छैनन् भन्ने चासो धेरैलाई छ । यसबारेमा ठूलोपर्दा टिभीसँगको अन्तर्वार्तामा उनले भनेकी छन्, ‘अहिले नै विराज दाई हुनुहुन्छ कि हुनुहुन्न भनेर नभनौं । तर, उहाँ हुने सम्भावना चाहिँ धेरै छ ।’
 
उनले आफू मुम्बई जानुको धेरै कारण रहेको पनि बताएकी छन् । फिल्मका लागि मात्र आफू मुम्बई नगएको बताउँदै उनी भन्छिन्, ‘मलाई निर्देशनमा डिप्लोमा गर्न एकदमै रुची थियो । मेरो ड्रिम नै थियो । यही कारणले म मुम्बई गएको थिएँ । त्यहाँ धेरै कुरा सिक्न पाएँ ।’ आफूमा धैर्यता नभएका कारण सम्भावना हुँदाहुँदै पनि बलिउड फिल्ममा नदेखिएको अभिनेत्री केसीको भनाई छ । 
 
अन्तर्वार्ता हेर्नुहोस् :-
 

Most Visited News (monthly)