Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7357 - 7362 of 23775
फिल्मीखबर, काठमाडौं, 2020-12-26, शनिवार

कोरोनाका कारण ९ महिनासम्म बन्द रहेको सिनेमा हल शुक्रवारबाट सञ्चालनमा आएका छन् । सरकारले सिनेमा हल खोल्न कुनै चासो नदेखाउँदा हल व्यावसायीहरुको छाता संस्था नेपाल चलचित्र संघले पुष १० गतेबाट सरकारलाई दबाब स्वरुप एकतर्फी रुपमा सिनेमा हल खोलेको हो । शुक्रवारबाट सिंगल र मल्टीप्लेक्समा दुई नेपाली र दुई हलिउड फिल्म प्रदर्शनमा आएका छन् । 

फिल्मीखबर, काठमाडौं, 2020-12-25, शुक्रवार

फिल्म ‘शकिला’ मा सुपरस्टारको भूमिका निर्वाह गरेका अभिनेता पंकज त्रिपाठीले ९० को दशकपछि सुपरस्टारको युग फिक्का हुन थालेको बताएका छन् । उनले आईएएनएससँग भनेका छन्, ‘नब्बेको दशकको नायक वास्तवमा सुपरस्टार हुन्थे । त्यसपछि सुपरस्टारको युग फिक्का हुन थालेको थियो । त्यसबेला नायक केवल स्क्रिनमा नभइ वास्तविक जिन्दगीमा हिरो जस्तो हुन्थे ।’

फिल्मीखबर, काठमाडौं, 2020-12-25, शुक्रवार

कोरोनाका कारण ९ महिनादेखि बन्द रहेको सिनेमा हल खोल्न सरकारले अनुमति दिएको छैन । दशैंअघिदेखि भीडभाड हुने प्रायः सबै क्षेत्र खुलिसक्दा पनि सिनेमा हल खोल्ने विषयमा सरकारले चासो नदिँदा शुक्रवारबाट हल व्यवसायीहरुले एकतर्फी रुपमा सिनेमा हल खोलेका छन् । सरकारले सिनेमा हल बन्द गर्न बल प्रयोग गरे गिरफ्तारी दिन तयार रहेको उनीहरुको भनाई छ ।

फिल्मीखबर, काठमाडौं, 2020-12-25, शुक्रवार

सरकारले लकडाउनभन्दा अगावै सिनेमा हल सञ्चालनमा रोक लगाएको थियो । लकडाउनपछि अन्य क्षेत्र पनि बन्द भए । तर, अहिले भीडभाड हुने प्रायः सबै क्षेत्र खुलिसकेका छन् । सिनेमा हलले भने सञ्चालन अनुमति पाएको छैन । ९ महिनासम्म बन्द रहेको सिनेमा हल खोल्न सरकारले चासो नदेखाउँदा शुक्रवारबाट हल व्यवसायीहरुले एकतर्फी रुपमा सिनेमा हल खोलेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2020-12-25, शुक्रवार

कोरोनाका कारण ९ महिनादेखि बन्द रहेको सिनेमा हल शुक्रवारबाट सञ्चालनमा आएका छन् । सरकारले सिनेमा हल सञ्चालनको अनुमति नदिए पनि हल व्यवसायीहरुले एकतर्फी रुपमा सिनेमा हल खोलेका हुन् । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको विधि अपनाएर हल खोलिएको नेपाल चलचित्र संघले बताएको छ । तत्काल हलमा ५० प्रतिशत मात्र दर्शक राखेर फिल्म देखाइनेछ ।

फिल्मीखबर, काठमाण्डौ, 2020-12-24, बिहिवार

कोरोनाका कारण बन्द रहेका सिनेमा हल भोली शुक्रवारबाट सञ्चालनमा आउँदैछन् । तर, केही महिना हलमा नयाँ फिल्म प्रदर्शन हुने सम्भावना न्यून छ । निर्माताहरुले नयाँ फिल्मको प्रदर्शन मिति घोषणा नगरेका कारण तत्काल हल सञ्चालकहरु पुरानै फिल्म प्रदर्शन गर्ने तयारीमा छन् । शुक्रवारबाट प्रदर्शनको क्रममा रोकिएका दुई फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ रि-रिलिज हुँदैछन् ।

Results : 7357 - 7362 of 23775
Most Visited News (monthly)