Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखाको चिन्ता- ‘हामी हरुवा युगका साक्षी बन्ने भयौं’

फिल्मीखबर, काठमाडौं, 2020/12/22
 
आइतवारदेखि देशको राजनीतिक माहोलप्रति हरेकको चिन्ता र चासो बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेपछि देशमा संवैधानिक संकट छाएको छ । प्रधानमन्त्री र राष्ट्रपतिको यो कदमको अहिले व्यापक विरोध भइरहेको छ । चिया पसलदेखि सामाजिक सञ्जालसम्म यही विषयले तातेको छ ।
 
नेपाली कलाकारहरुले पनि प्रधानमन्त्रीले चालेको यो असंवैधानिक कदमको सामाजिक सञ्जालमा विरोध गरिरहेका छन् । दिनहुँ जसो देशको राजनीतिक घटनाक्रमलाई लिएर चोटिलो प्रहार गर्दै आएकी अभिनेत्री तथा राप्रपा नेतृ रेखा थापाले सोमवार साँझ फेसबुकमा एक स्टाटस लेख्दै महान इतिहास भएका नेपालीहरु हरुवा युगका साक्षी बन्न पुगेको भन्दै चिन्ता व्यक्त गरेकी छन् । 
 
नेपाल एकिकरण गर्ने राजेन्द्र लक्ष्मी, बलभद्र कुँवर, अमर सिंह थापा, भक्ति थापा, रणवीर सिंह थापा, उजिर सिंह थापाले नालापानी, जैथक, देउथलमा अंग्रेजसँग लडेर जोगाएको देश केही कुपोषित मान्छेले आफ्नो स्वार्थको मैदान बनाएको बताउँदै उनले सतलज नदीसम्म शासन गरेको नेपाली अहिले सतलज कम्पनीको अनुकम्पाले अरुण नदीमा विजुली खोजिरहेको उल्लेख गरेकी छन् ।
 
उनले लेखेकी छन्, ‘आफू मरेर देश बाचोस् भन्ने कोही छैन, सबै आफूलाई केन्द्रमा राखेर सोच्ने गरेको देखिन्छ । हामी महान इतिहास भएका तर हरुवा युगका साक्षी बन्ने भयौं ।’ संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदमले नेपालीहरुलाई हरुवा युगको साक्षी बनाएको उनको आशय छ । यद्यपि, उनले संसद् विघटनको विषयमा अहिलेसम्म खुलेर आफ्नो विचार भने व्यक्त गरेकी छैनन् । 
 

Most Visited News (monthly)