Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जन्मदिनमा शिल्पा भन्छिन्, ‘नयाँ लाइफ पार्टनरको बारेमा सोचेको छैन’

फिल्मीखबर, काठमाडौं, 2020/12/22
फिल्म ‘लज्जा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी शिल्पा पोखरेल पुष ७ गते मंगलवार आफ्नो जन्मदिन मनाउँदैछिन् । उनलाई सामाजिक सञ्जालको माध्यमबाट फिल्मकर्मी तथा शुभचिन्तकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् । तर, यसपालीको जन्मदिनमा उनमा कुनै उत्साह र उमंग छैन । साथीहरुले जन्मदिन सेलिब्रेट गर्ने योजना बनाउँदा पनि उनले मानेकी छैनन् ।
 
अघिल्ला वर्षको जन्मदिनमा उनी आफ्नो व्यक्तिगत जीवनलाई सुन्दर रुपमा अगाडि बढाउने प्रण गर्ने गर्थिन् । तर, यसपाली उनले कुनै प्रण गरेकी छैनन् । उनी भन्छिन्, ‘पहिला मेरो पर्सनल लाइफ राम्रो होस् भनेर कामना गर्थेँ । त्यो त खराब नै भयो । अब भगवानले नै बुझेर दिनुहुन्छ ।’ अदालतमा मुद्धा चलिरहेका कारण यसपालीको जन्मदिनमा मन खुसी नभएको उनी बताउँछिन् ।
 
 
उनले गत वर्ष श्रीमान तथा फिल्म निर्माता छविराज ओझाले घरेलु हिंसा गरेको भन्दै अदालतमा सम्बन्ध विक्षेदको लागि निवेदन दिएकी थिइन् । यसपछि छविराजकी जेठी श्रीमती हेमा ओझाले शिल्पा र छविविरुद्ध बहुविवाहको उजुरी दिएपछि जिल्ला अदालत काठमाडौंले दुवैलाई पक्राउ गर्न आदेश दिएको थियो । तर, सर्वोच्च अदालतले दुवैलाई तत्काल पक्राउ नगर्न आदेश जारी गर्‍यो ।
 
अहिले अदालतमा मुद्धा विचाराधिन रहेका कारण शिल्पाका लागि यस वर्षको जन्मदिन विशेष बन्न सकेको छैन । तर, उनी आफ्नो व्यक्तिगत कारणले व्यवसायिक पाटोमा कुनै असर परोस् भन्ने चाहन्नन् । कामलाई निरन्तरता दिने सोचमा रहेकी उनले गएको हप्ता भोजपुरी फिल्म ‘प्रेमगीत २’ को छायांकन सकाएकी छन् । त्यस्तै, उनको नेपाली फिल्म ‘आर्या’ प्रदर्शनको पखाईमा छ ।
 
नयाँ जीवन सुरु गर्ने विषयमा अहिलेसम्म केही नसोचेको पनि उनले बताइन् । ‘मलाई मेरो जन्मदिन विशेष बनाउनु पर्छ भनेर त सोच आएको छैन भने आफ्नो जीवनमा नयाँ लाइफ पार्टनरलाई प्रवेश गराउने कुनै सोच नै छैन,’ उनले भनिन् । तीन सयभन्दा बढी म्यूजिक भिडियोमा काम गरिसकेकी उनले ‘हवल्दार सुन्तली, किस्मत २, मंगलम’ लगायतका फिल्ममा अभिनय गरेकी छन् ।
Most Visited News (monthly)