Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7375 - 7380 of 23775
फिल्मीखबर, काठमाडौं, 2020-12-21, सोमवार

नेपाली फिल्म क्षेत्रमा कुशल अभिनेत्रीको पहिचान बनाएकी जल शाहकी आमा प्रेमा शाहको निधन भएको तीन वर्ष भएको छ । २०७४ साल पुष ६ गते अमेरिकाको एक अस्पतालमा प्रेमाको निधन भएको थियो । आमाको निधनले जल निकै विक्षिप्त भएकी थिइन् । उनले सामाजिक सञ्जालमा आमालाई सम्झँदै कोर्ने शब्दहरुले पनि उनी आमासँग कति नजिक थिइन् भन्ने प्रस्ट्याउँछ । 

फिल्मीखबर, काठमाण्डौ, 2020-12-20, आईतवार

पर्दामा प्रायः नकारात्मक भूमिकामा देखिने अभिनेता सोनू सूदले लकडाउनको समयमा गरेको कामका कारण उनलाई लिड रोलको अफर आउन थालेको छ । उनको छविलाई हेर्दै अहिले स्क्रिप्टमा समेत परिवर्तन गर्न थालिएको छ । सोनूले शुक्रवार एक अन्तर्वार्तामा साउथ फिल्म ‘आचार्य’ को एक सिनमा सुपरस्टार चिरञ्जीवीले उनलाई पिट्न अस्वीकार गरेको बताएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-12-20, आईतवार

वर्षेनी आयोजना हुँदै आएको नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) को चौथो संस्करण यस वर्षका लागि स्थगित भएको छ । आउँदो फागुन १२ देखि १६ गतेसम्म काठमाडौंमा गर्ने तयारी गरिएको फेस्टिभल कोरोना महामारीका कारण निर्धारित मितिमा हुन नसकेको आयोजक संस्था नेपाल फिल्म एन्ड कल्चर एकडेमीले आइतवार एक विज्ञप्ती जारी गर्दै जानकारी दिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2020-12-20, आईतवार

कोभिड १९ का कारण १० महिनादेखि सिनेमा हल बन्द छन् । जसले गर्दा दर्शकले हलमा गएर नयाँ फिल्म हेर्न पाएका छैनन् । यही पुष १० गतेबाट देशभरका सिनेमा हल खोल्ने हल व्यवसायीहरुले घोषणा गरेपनि तत्काल नयाँ फिल्म प्रदर्शन हने सम्भावना न्यून छ । कोरोना महामारीको समयमा हलमा प्रदर्शन भइसकेका फिल्म यूट्युबमा हेरेर दर्शकले मनोरञ्जन लिइरहेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-12-20, आईतवार

नेपाल चलचित्र कलाकार संघको तीन वर्षमा हुने निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने हरेकले संघको भवन निर्माण गर्ने एजेण्डा अगाडि सार्ने गरेका थिए । तर, अहिलेसम्म संघले आफ्नै भवन पाउन सकेको छैन । नेपाल सरकारले २०७७/७८ को आर्थिक वर्षको बजेटमा कलाकार संघको भवन निर्माणलाई सहयोग गर्ने घोषणा गरेपछि कलाकार संघ जग्गाको खोजीमा थियो ।

फिल्मीखबर, काठमाडौं, 2020-12-19, शनिवार

कोरोनाका कारण विगत १० महिनादेखि ठप्प रहेको फिल्म क्षेत्रमा विस्तारै चहलपहल सुरु हुन थालेको छ । दशैंदेखि फिल्मको छायांकन भइरहेका छन् । मंगलवारबाट सरकारले पनि छायांकन अनुमति खुल्ला गरेको छ । पुष १० गतेबाट हल व्यवासयीहरुले सिनेमा हल सञ्चालनमा ल्याउने निर्णय गरेका छन् । यद्यपि, सरकारले भने सिनेमा हल खोल्ने विषयमा कुनै निर्णय गरेको छैन । 

Results : 7375 - 7380 of 23775
Most Visited News (monthly)