Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पहिलो पटक फिल्ममा डक्टर बन्दै आयुष्मान

एजेन्सी, मुम्बई, 2020/12/22
 
‘बरेली की बर्फी र बधाई हो’ को सफलतापछि जंगली पिक्चर्सले अब भर्सटायल अभिनेता आयुष्मान खुरानासँग फिल्म ‘डक्टर जी’ निर्माण गर्ने भएको छ । यो फिल्मको बारेमा आयुष्मानले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । उनले फिल्मको स्क्रिप्ट निकै यूनिक र इनोभेटिभ रहेको बताएका छन् । यसले दर्शकलाई हँसाउनुका साथै सोच्न बाध्य बनाउने उनको भनाई छ ।
 
आयुष्मानले आफ्नो करिअरमा पहिलो पटक डक्टरको भूमिका निर्वाह गर्न उत्साहित रहेको बताएका छन् । फिल्मको बारेमा जानकारी दिँदै उनी भन्छन्, ‘फिल्मले एक म्यासेज पनि दिनेछ, जसले तपाईंको दिलसँग सिधै कुरा गर्नेछ ।’ उनले  ‘डक्टर जी’ को स्क्रिप्ट हातमा लिएर खिचेको तस्विर पनि सोसल मिडियामा शेयर गरेका छन् । फिल्मलाई अनुभूति कश्यपले निर्देशन गर्दैछिन् ।
 
अनुभूतिुले यही फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेकी हुन् । उनले फिल्मको स्क्रिप्ट सुमित सक्सेना, विशाल वाघ र सौरभ भारतसँग मिलेर तयार पारेकी हुन् । उनले जंगली पिक्चर्स र आयुष्मानसँग काम गर्नका लागि निकै उत्साहित रहेको बताएकी छन् । नयाँ वर्षको सुरुवातसँगै छायांकनमा निस्कने यो फिल्मलाई अर्को वर्षको अन्तिममा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ ।
Most Visited News (monthly)