.jpg)
अभिनेत्री ऋचा चड्ढा अभिनीत फिल्म ‘म्याडम चिफ मिनिस्टर’ को ट्रेलर सार्वजनिक भएको छ । सुभाष कपूर निर्देशित फिल्मको ट्रेलरमा राजनीतिक मैदानमा उत्रिएकी एक युवतीको कहानी देखाइएको छ । तीन मिनेटको ट्रेलरमा ऋचाको त्यो रुप देख्न पाइन्छ, जुन न पहिला कहिल्यै देखिएको थियो न त उनले आफ्नो करिअरमा यस्तो कुनै एक्सपेरिमेन्ट नै गर्ने कोशिश गरेकी थिइन् ।
फिल्मले सत्ताको रस्साकस्सी र खिचातानीलाई मुख्य विषय बनाएको ट्रेलरबाट अनुमान गर्न सकिन्छ । यो एक यस्तो दलित युवतीको कहानी हो, जसलाई समाजले निकै शोषण गरेको छ । ती युवती कसरी समाजमा दबिएर बसेको वर्गलाई उठाउँछिन् र कसरी आफू चिफ मिनिस्टर बन्छिन् भन्ने फिल्मले देखाउनेछ । ट्रेलरमा ऋचा चड्ढाको अभिनय निकै दमदार देख्न सकिन्छ ।
ट्रेलरमा सुभाष कपूरले घुमाउरो शैलीमा देशको राजनीतिप्रति पनि तिखो प्रहार गरेका छन् । फिल्मले उठाएको विषयवस्तुले भारतको राजनीतिमा ठूलो तरंग ल्याउने अनुमान गरिएको छ । त्यस्तै, ऋचाको अभिनय र लुक्सले दर्शकमा फिल्मप्रति कौतुहलता सृजना गरेको छ । २२ जनवरीमा रिलिज हुन लागेको फिल्ममा सौरभ शुक्ला र मानव कौल पनि मुख्य भूमिकामा छन् ।
ट्रेलर हेर्नुहोस् :-

