Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हरितारा पुरस्कार’ बाट कृष्ण र मदनदास सम्मानित

फिल्मीखबर, काठमाडौं, 2021/01/07
 
दुई वर्षको ‘हरितारा चलचित्र पुरस्कार तथा दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार’ एकसाथ वितरण गरिएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच २०७६ सालको हरितारा पुरस्कार कृष्ण मल्ल र मदनदास श्रेष्ठलाई प्रदान गरियो भने २०७७ सालको सोही पुरस्कारबाट गीतकार सहदेव ढुंगानालाई सम्मान गरिएको छ । तीनैवटा सम्मानको राशी २५ हजार रुपैयाँ छ । 
 
त्यस्तै, उक्त कार्यक्रममा सञ्चारकर्मी राजेश खनाललाई ‘दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार २०७६’ र अभिनेत्री सपना श्रेष्ठलाई २०७७ सालको सोही पुरस्कारबाट सम्मान गरिएको छ । यो पुरस्कारको राशी १० हजार रुपैयाँ छ । कार्यक्रममा ‘परिवर्तन सम्मान २०७६’ बाट पत्रकार मोहन पन्त, अभिनेता विश्वदीप घिमिरे र निर्देशक माधवराज खरेललाई पनि सम्मान गरिएको थियो ।
 
‘हरितारा चलचित्र पुरस्कार तथा दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार’ वितरण समारोहमा हरितारा पुरस्कार गुठीका मालिका राणा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, इन्जिनियरिङ काउन्सिलका अध्यक्ष डिल्लीरमण निरौला,  कलाकार लय संग्रौला, कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, उपाध्यक्ष मोहन निरौला, सञ्चारकर्मी शान्ति प्रियलगायत उपस्थित थिए ।
Most Visited News (monthly)