Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलाई डेस्टिनीको ब्रान्ड एम्बेस्डरमा तुलसी घिमिरे

फिल्मीखबर, काठमाडौं, 2021/01/12
 
कुनै पनि कम्पनीले आफ्नो उत्पादनको प्रबद्र्धनका लागि नेपाली फिल्मका कलाकारलाई ब्रान्ड एम्बेस्डरमा रोज्ने गरेका छन् । तर, एक कम्पनीले भने फिल्म निर्देशकलाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ । निर्देशक तुलसी घिमिरेलाई सलाई डेस्टिनीले ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको हो । सम्भवतः कुनै कम्पनीको ब्रान्ड एम्बसेडरमा फिल्म निर्देशक नियुक्त भएको यो पहिलो हो ।
 
निर्देशक घिमिरे दोस्रो पटकका लागि यो कम्पनीको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका हुन् । सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा सलाई डेस्टिनीका अध्यक्ष मनोज सिनालले निर्देशक घिमिरेलाई पुनः ब्रान्ड एम्बेस्डर चयन गरिएको बताए । सन् २०१८ मा स्थापना भएको सलाई डेस्टिनीले सुनचाँदीको दैनिक दरभाउ जनाउने डिजिटल बोर्ड तथा सफ्टवेयर निर्माण गर्ने गरेको छ ।
 
सुनचाँदी व्यवसायी महासंघको सहकार्यमा नेपालका प्रायः सबै जिल्लाका सुनचाँदी पसलमा सलाई डेस्टिनीले निर्माण गरेको बोर्ड लाग्ने गरेको छ । निर्देशक घिमिरेले सलाई डेस्टिनीले छोटो समयमा राम्रो प्रगति गरेकोमा खुसी व्यक्त गरे । पछिल्लो पटक ‘दर्पण छायाँ २’ को निर्देशन गरेका उनले एक समय ‘बासुरी, कुसुमे रुमाल, चिनो, देउता’ जस्ता एकसेएक सुपरहिट फिल्म दिएका थिए ।
Most Visited News (monthly)