Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शंकाका बीच ‘एउटा यस्तो प्रेम कहानी’ सेन्सर पास

फिल्मीखबर, काठमाडौं, 2021/01/12
 
कोरोनाको संक्रमणबाट बच्न ९ महिनादेखि बन्द रहेका सिनेमा घरहरु पुष १० गतेबाट खुलेका छन् । सरकारले सिनेमा हल खोल्न चासो नदेखाएपछि हल व्यवसायीहरुले एकतर्फी रुपमा सिनेमा हल खोल्ने घोषणा गरेका थिए । अन्ततः हल व्यवसायीको अडानका सामु सरकार पनि झुक्यो । आइतवार मन्त्रीपरिषदको बैठकले सिनेमा हल खोल्न कानुनी रुपमा अनुमति दिएको छ ।
 
सरकारले सिनेमा हल खोल्ने निर्णय गर्नुभन्दा अगाडि नै अभिनेता शिव श्रेष्ठले आफू निर्मित तथा अभिनीत फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को प्रदर्शन माघ १ गतेलाई घोषणा गरेका थिए । तर, सरकारले सिनेमा हल खोल्न अनुमति नदिँदा र सञ्चार मन्त्रालयले नयाँ फिल्मलाई सेन्सर अनुमति नदिन चलचित्र विकास बोर्डलाई निर्देशन दिएपछि यो फिल्म रिलिज हुनेमा धेरैलाई शंका थियो ।
 
आइतवार मन्त्रीपरिषदको बैठकले सिनेमा हल खुलाउने निर्णय गरेसँगै फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ पनि सेन्सर पास भएको छ । सोमवार सूचना तथा सञ्चार मन्त्रालयको सभा हलमा केन्द्रीय चलचित्र जाँच समितिका सदस्यहरुले फिल्म हेरेपछि अभिनेता शिव श्रेष्ठलाई पिजी सर्टिफिकेट प्रदान गरेका थिए । अब यो फिल्म १६ वर्षभन्दा मुनिका दर्शकले अभिभावकको साथमा हेर्नुपर्नेछ । 
 
दिपेश सापकोटाले निर्देशन गरेको एक्सन ड्रामामा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा, नरेन खड्कालगायतको अभिनय छ । यो फिल्मबाट अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता र अभिनेता शिव श्रेष्ठका छोरा शक्तिले अभिनयमा डेब्यू गर्दैछन् । फिल्मका निर्माता यशोदा राई र दिनेश दर्शनधारी हुन् । 
Most Visited News (monthly)