Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.33/5.00)
Text size:-
+
-

‘जुमान्जी ४’ का लागि दि रकले मागे ५ सय ५५ करोड

एजेन्सी, अमेरिका, 2021/01/11
Dwayne Johnson thanks Kiwi fans for Jumanji love | Newshub
 
‘जुमान्जी’ सिरिज हलिउडको सबैभन्दा ठूलो बजेटको मेकिङ फ्रेन्चाइजमध्ये एक हो । ड्वेन जोनसन (दि रक) को ‘जुमान्जी : वेलकम टू द जंगल’ र ‘जुमान्जी : द नेक्स्ट लेभल’ ले बक्सअफिसमा आक्रामक कमाई गरेको थियो । अब ‘जुमान्जी’ को चौथो पार्टको प्रतिक्षामा दर्शक छन् । निर्माताहरु यो फिल्मको तयारीमा समेत जुटेका छन् । ‘जुमान्जी ४’ को अफर ड्वेनलाई नै गरिएको छ ।
 
एक अंग्रेजी अखबरको रिपोर्ट अनुसार, ड्वेनले एकपटक फेरि फिल्ममा डा. स्मालडर ब्रेवस्टोनको चरित्र निभाउनका लागि मोटो रकम मागेका छन् । उनले फिल्मका लागि ‘एभेन्जर्स : इन्डगेम’ मा रोबर्ट डाउनी जूनियरले बुझेको पारिश्रमिकभन्दा पनि ज्यादा मागेका छन् । ‘एभेन्जर्स : इन्डगेम’ का लागि रोबर्टले ७५ मिलियन डलर (५ सय ५० करोडभन्दा बढी) पारिश्रमिक बुझेका थिए । 
 
‘जुमान्जी ४’ का लागि भने ड्वेनले ५ सय ५५ करोड माग गरेको बताइएको छ । उनले यो फ्रेन्चाइजको अघिल्लो दुई पार्टमा कूल २३.५ मिलियन डलर पारिश्रमिक बुझेका थिए । यसकारण उनले चौथो पार्टका लागि जति पारिश्रमिक मागेका छन्, त्यो मिल्न उनलाई मुश्किल देखिएको छ । ‘जुमान्जी ४’ लाई यस वर्ष (२०२१) को डिसेम्बरमा फिल्म रिलिज गर्ने तयारीमा निर्माण टिम छ ।
Most Visited News (monthly)