Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सेलिब्रेटी र फ्यानलाई जोड्दै ‘सेलेब्स ग्रिट्स’

फिल्मीखबर, काठमाण्डौ, 2021/01/20
 
नेपाली सेलिब्रेटी र दर्शकबीचको दूरी मेटाउने उद्येश्यसहित नेपालमा पहिलो पटक एप्लिकेशन तथा वेभसाइट लञ्च भएको छ । मंगलवार साँझ राजधानीको पाँचतारे होटल र्‍याडिसनमा भएको एक कार्यक्रमका बीच ‘सेलेब्स ग्रिट्स डटकम’ को औपचारिक सुरुवात गरिएको हो । यसको ब्रान्ड एम्बेस्डरमा ‘ह्यान्डसम भिलेन’ को रुपमा परिचित अनुपविक्रम शाही नियुक्त भएका छन् । 
 
कार्यक्रममा आयोजक टिम र अनुपबीच सम्झौता पत्र आदान प्रदान भएको थियो भने अनुपले नै ‘सेलेब्स ग्रिट्स’ को औपचारिक शुभारम्भ गरेका थिए । यो एप्लिकेशनमार्फत फ्यान तथा शुभचिन्तकहरुले सेलिब्रेटीहरुबाट आफूले चाहेको भिडियो सन्देश प्राप्त गर्न अनुरोध पठाउन सक्नेछन् । यसका लागि न्युनतम शुल्क तोकिएको छ, जुन सामाजिक कार्यमा खर्च गरिने बताइएको छ ।
 
आफूले रोजेको सेलिब्रेटीलाई अनुरोध गरेपछि त्यसलाई सम्बन्धित टिमले सेलिब्रेटीलाई पठाउनेछ र शुभचिन्तकले आफ्नै नाममा भिडियो सन्देश प्राप्त गर्न सक्नेछन् । हालसम्म यसमा अभिनेता, अभिनेत्री, गायक, संगीतकार, निर्देशक, खेलाडी, कमेडियन, मोडल जोडिएका छन् । यसमा देशको अग्रपंक्तिमा आउने हरेक विधाका सेलिब्रेटीहरुलाई जोडिने इन्जिनियर खड्काले बताए ।
 
 
हाल यो एप्लिकेशनमा ३० बढी सेलिब्रेटीहरु आबद्ध भएको र भोलीको दिनमा अन्यलाई पनि जोड्दै लैजाने ‘सेलेब्स ग्रिट्स’ का सिइओ इन्जिनियर समुल खड्काले बताए । यसको टिममा खड्कासँगै सह-निर्मातामा इन्जिनियर प्रशान्त खड्का र वोर्ड अफ डिरेक्टरमा इन्जिनियर तपेन्द्र बहादुर खड्का छन् । उक्त कार्यक्रममा फिल्मका कलाकारदेखि खेलाडीसम्म उपस्थित थिए ।
Most Visited News (monthly)