Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ऋषिराजको ‘चुरीफुरी’ मा रविन्द्रदेखि शिशिरसम्म

फिल्मीखबर, काठमाण्डौ, 2021/01/21
 
२ वर्ष अगाडि फिल्म ‘ड्रिम गर्ल’ को ट्रेलर रिलिज कार्यक्रममा निर्माण घोषणा गरिएको फिल्म ‘चुरीफुरी’ को छायांकन सुरु भएको छ । अहिले काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको फिल्मलाई ऋषिराज आचार्यले निर्देशन गरिरहेका छन् । हाँस्य टेलिश्रृंंखला र वेब सिरिजका हाँस्य कलाकारहरुको बाहुल्यता रहेको फिल्मका मुख्य नायक र नायिका भने गोप्य राखिएको छ । 
 
निर्देशक आचार्यकै लेखन, निर्माण र निर्देशन रहेको फिल्ममा रविन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, सुनिता श्रेष्ठ, ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, सरिस्मा मगर, मनिल तामाङ, रश्मी आचार्यलगायतका कलाकारहरुको अभिनय हेर्न पाइनेछ । 
 
आरवी मुभीजको ब्यानरमा निर्देशक आचार्य स्वयम् र रिना ढकाल निर्माता रहेको फिल्मको सह निर्मातामा विमला भुसाल, राजेन्द्र खाती र शिव थापा छन् । निर्देशक आचार्य ‘चुरीफुरी’ लाई मनोरञ्जनको नौलो प्याकेजको रुपमा ब्याख्या गर्छन् । ‘अहिले विश्व नै कोरोना महामारीसँग लडिरहेको छ । यो परिस्थितिबाट उत्पन्न दिक्दारीलाई हटाएर फिल्मले रमाइलो गराउने छ,’ उनले भने । 
 
राहुल राईको छायांकन, भिमफेदी गाइजको कोरियोग्राफी, विजय आचार्यको कला निर्देशन र दीपक शर्माको संगीत रहेको फिल्मका गीतमा समीर आचार्य, विश्व नेपाली र बेनिशा पौडेलको स्वर छ । सुटिङ समापनपछि एक कार्यक्रमका बीच फिल्मका मुख्य नायक-नायिका सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ । फिल्मले समसामयिक विषय उठाउने निर्देशक आचार्यले बताए ।
Most Visited News (monthly)