Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बेहुला बने वरुण

एजेन्सी, मुम्बई, 2021/01/25
 
अभिनेता वरुण धवनले प्रेमिका नताशा दलालसँग विवाह गरेका छन् । आइतवार उनीहरु विवाह बन्धनमा बाँधिएका हुन् । अलीबागको द म्यानसन हाउस रिसोर्टमा भएको विवाह समारोहमा दुई पक्षका नजिकका साथी र परिवारको मात्र उपस्थिति रहेको थियो । वरुण र नताशाको लभस्टोरी ‘बि टाउन’ मा निकै चर्चामा रहेको थियो । उनीहरु एकअर्कालाई बाल्यकालदेखि जान्दथे । 
 
अध्ययन पूरा भएपछि उनीहरुको फेरि भेट भएको थियो र दुवै प्रेममा डुबेका थिए । कयौं वर्ष प्रेम सम्बन्ध लुकाएपछि वरुणले नताशासँगको प्रेम स्वीकार गरेका थिए । उनीहरुले विवाहलाई निकै प्राइभेट राखेका थिए । विवाहपछि वरुणले इन्स्टाग्राममार्फत् विवाहका तस्विरहरु शेयर गरेका छन् । तस्विरमा वरुण र नताशालाई दुलहा-दुलहीको भेषमा निकै सुन्दर देखिएको छ ।
 
 
इन्स्टामा तस्विर शेयर गर्दै वरुणले लेखेका छन्, ‘जिन्दगीभरको प्रेम अब आधिकारिक भयो ।’ कोरोनाका कारण वरुण र नताशाको विवाह समारोहमा निकै कम अतिथी बोलाइएको थियो । भारतीय मिडियाका अनुसार, वरुण आफ्नो विवाहको रिसेप्सन पार्टी २ फेब्रअरीमा दिने तयारीमा छ । यसका लागि सलमान खानदेखि दीपिका पादुकोणसम्मलाई निमन्त्रणा गरिएको छ । 
Most Visited News (monthly)