Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

प्रियंका भन्छिन्, ‘हलिउडमा म जस्तोलाई अवसर सीमित छ’

एजेन्सी, अमेरिका, 2021/01/24
 
अभिनेत्री प्रियंका चोपडाले हलिउडमा समेत आफ्नो बलियो उपस्थिति जनाइसकेकी छन् । तर, हलिउडको यात्रा उनका लागि सहज थिएन । हलिउडमा प्रवेश गरेको समयमा त्यहाँ आफूले पर्याप्त अवसर नपाएको उनी बताउँछन् । उनी अब निर्माता बनिसकेकी छन् । निर्माताको रूपमा उनी दक्षिण एशियालीको लागि आफ्नो कथामार्फत सामान्य चीजहरू बनाउन चाहन्छिन् । 
 
उनी भन्छिन्, ‘मैले आफूलाई एकै ठाउँमा कहिल्यै सीमित राखिनँ । म जुन कुरा महशुस गर्छु, त्यसलाई पूरा गरेर छाड्ने विश्वास राख्छु । म मिंडी क्यालिङ (अमेरिकी अभिनेत्री) सँग कमेडी गर्दैछु, जुन हलिउडमा बनेका केही रोमान्टिक कमेडी फिल्ममध्ये एक हुनेछ, जसमा सबै कलाकार दक्षिण एसियाली हुनेछन् । यो मेरो लागि निकै रोमान्चक छ । मलाई यो कुरा चाहिएको थियो ।’ 
 
उनी अगाडि भन्छिन्, ‘जब मैले हलिउडमा काम गर्न सुरु गरेँ, तब कसैले मेरो बाटो बनाएको थिएन । हलिउडमा दक्षिण एशियाली वा म जस्तो देखिने व्यक्तिलाई अवसर निकै सीमित छ । म एक यस्तो निर्माता बन्न चाहन्थे, जसले यस्तो अवसर प्रदान गरोस् ।’ प्रियंकाले हालै हलिउड फिल्म ‘टेक्स्ट फर यू’ को छायांकन पूरा गरेकी छन् भने उनको किताब पनि सार्वजनिक भइसकेको छ ।
Most Visited News (monthly)