Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘प्रकाश’ मा प्रदीपको जोडी रेनु

फिल्मीखबर, काठमाडौं, 2021/01/25
 
अहिलेका चल्तीका अभिनेता प्रदीप खड्का र निर्देशक दिनेश राउतबीच पहिलो पटक सहकार्य भएको फिल्म ‘प्रकाश’ का लागि मुख्य नायिका फाइनल भएको छ । रेनु योगीले यो फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गर्ने भएकी छन् । अडिसनमार्फत कास्टिङ डाइरेक्टर अनुप बरालले उनलाई फिल्मका लागि छनोट गरेका हुन् । अब फिल्ममा उनको जोडी प्रदीप खड्कासँग बाँधिनेछ । 
 
निर्देशक राउतले फिल्मको प्रस्तुति र क्यारेक्टरसँग मिल्ने भएकाले रेनुलाई फाइनल गरिएको बताए । धनगढीकी रेनु थ्रिएटर आर्टिस्ट हुन् । ब्याचलर अध्ययन गरेकी उनले २०१३ मा दयाहाङ राईसँग ‘मितज्यू’ नामक नाटक खेलेकी थिइन् । यसमा उनको अभिनय रुचाइएको थियो । उनले आधा दर्जन बढि नाटक, सर्ट मुभि र ‘एसिड कान्ड’ नामक डकुमेन्ट्रीमा काम गरिसकेकी छन् ।
 
 
फिल्मका लागि अन्य कलाकारको छनोट केही दिनमा हुने निर्देशक राउतले बताए । जुम्लामा छायांकन गरिने फिल्मको ४५ दिनको सुटिङ सेड्युल राखिएको छ । बिनिस इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गर्दैछन् । फिल्मको कथा विकास सुवेदीले लेखेका हुन् । फिल्ममा प्रदीप खड्काले पहिलो पटक गाउँले यूवकको भूमिका निर्वाह गर्दैछन् । 
Most Visited News (monthly)