अभिनेता राजेश हमालले चार वर्षपछि पर्दापण गर्न लागेको फिल्म ‘सत्यम्’ अहिले चर्चामा छ । हमालले ८ महिनाभन्दा बढी समय स्क्रिप्टमा छलफल गरेपछि काम गर्न स्वीकृति जनाएका कारण फिल्मको कन्टेन्ट र उनको भूमिका शक्तिशाली हुनसक्ने आँकलन गरिएको छ । शंकर कार्कीले निर्देशन गर्ने फिल्ममा अभिनेता अनुपविक्रम शाहीले खलनायकको भूमिका निर्वाह गर्दैछन् ।
.jpg)
त्यस्तै, फिल्मको मुख्य नायकमा पल शाह र मुख्य अभिनेत्रीमा उपासना सिंह ठकुरी हुने चर्चा छ । उनीहरुसँग निर्माण टिमको मौखिक सहमति भइसके पनि कागजी सम्झौता केही दिनमा हुने बुझिएको छ । बाँकी कलाकारहरु भने अडिसनबाट छानिने भएको छ । यसका लागि निर्माण टिमले अडिसन आह्वान गरेको छ । जस अन्तर्गत काठमाडौंमा माघ १९ गते अडिसन हुँदैछ ।
काठमाडौंपछि माघ २३ गते पोखरा, माघ २५ गते बुटवल र माघ २७ गते झापामा हुने अडिसनमा सहभागी हुन चाहनेले फिल्म निर्माण कम्पनीको इमेल [email protected] मा आफ्नो सम्पर्क नम्बरसहित प्रोफाईल तथा शोरिल पठाउनुपर्नेछ । देशका विभिन्न चार ठाउँमा हुने अडिसनबाट कूल २६ जना कलाकार फिल्मका लागि छनोट गरिने निर्माण टिमले बताएको छ ।
.jpg)
‘सत्यम्’ को कथा रेशम सापकोटाले लेखेका हुन् । फिल्ममा निर्माता समेत सापकोटा नै हुन् भने एशोसियट निर्मातामा श्याम मल्ल र गणेश पौडेल रहेका छन् । त्यस्तै, सह-निर्माताहरु रेशम गौतम र कृष्ण अधिकारी छन् । फिल्ममा कुटुम्ब ब्याण्डले थिम संगीत तथा ब्याकग्राउण्ड स्कोर दिनेछ । फिल्मका गीतमा योगेश काजीको संगीत र गणेश पौडेलले सहायक संगीत श्रृजना रहनेछ ।

