Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलिउड फिल्म ‘वुमेन्स स्टोरीज’ मा ज्याकलिन

एजेन्सी, मुम्बई, 2021/01/26
 
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसले फिल्म ‘वुमेन्स स्टोरीज’ बाट हलिउडमा डेब्यू गर्दैछिन् । ६ हिस्सामा बाँडिएको फिल्मको निर्देशन विश्वभरका अलग-अलग निर्देशकले निर्देशन गर्नेछन् । फिल्ममा महिला कलाकारको मात्र अभिनय रहनेछ । ज्याकलिनको हिस्सा बलिउड निर्देशक लीना यादवले निर्देशन गर्दैछिन् । उनले ‘पार्च्ड, शब्द र तीन पत्ती’ फिल्मको निर्देशन गरिसकेकी छन् । 
 
लर्वोलिनो इन्टरटेन्मेन्टको को-प्रोडक्शन र नन प्रफिट प्रोडक्शन कम्पनी ‘वि डू इज टुगेदर’ ले बनाउने फिल्ममा मरिया सोल टोन्गान्जी, लुसिया पुएन्जो र क्याथरीन हार्डविकले एकसाथ काम गर्दैछन् । फिल्ममा महिलाको जिन्दगीका अनेक पक्ष देखाइनेछ । फिल्ममा कारा डेलेविन्ज, ईवा लोन्गोरिया, मार्गरिटा बाय, मारिका गे हार्डेन र लीवनर वारेलाको पनि मुख्य भूमिका रहनेछ ।
 
डेडलाइनलाई दिएको एक बयानमा ‘वि डू इज टुगेदर’ का प्रेसिडेन्टले भनेका छन्, ‘हामी महिलाको कहानी सुनाउने काम गरिरहेका छौं, क्यामेरा अगाडि पनि र क्यामेरा पछाडि पनि । यसकारण महिलाहरुको कहानी हाम्रो लागि महत्त्वपूर्ण छ । हामीले विश्वभरका कयौं महिला निर्देशकलाई एकसाथ जोड्दै छौं, जसले नीजि कहानीलाई आफ्नो दृष्टिकोणबाट दुनियाँलाई सुनाउनेछन् ।’
Most Visited News (monthly)