Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नयाँ वर्षमा पुष्पको ‘कृष्ण लीला’ ?

फिल्मीखबर, काठमाडौं, 2021/01/28
 
सरकारले सिनेमा हल खोल्न र छायांकन अनुमति दिएपछि करीब १० महिना ठप्प रहेको फिल्म क्षेत्रमा चहलपहल सुरु भएको छ । पुष १० गतेबाट खुलेका सिनेमा हल दर्शकको पखाईमा भए पनि फिल्म निर्माण बढेको छ । सरकारले छायांकन अनुमति दिएपछि केही फिल्मको छायांकन समेत पूरा भइसकेको छ । यसमध्ये एक हो, ‘कृष्ण लीला’ । यो फिल्म अहिले पोस्ट प्रोडक्सनमा छ ।
 
अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहेको फिल्मको केही दिनमा पहिलो गीत सार्वजनिक गरिँदैछ । योसँगै फिल्मको प्रदर्शन मिति घोषणा गरेर प्रचार-प्रचार आक्रामक बनाउने तयारीमा निर्माण टिम छ । प्राप्त जानकारी अनुसार, निर्माण पक्ष नयाँ वर्ष (२०७८) मा फिल्म प्रदर्शन गर्ने तयारीमा जुटेको छ । फिल्मलाई दीपक ओलीले निर्देशन गरेका हुन् । 
 
यो फिल्म नयाँ वर्षमा प्रदर्शन भए पुष्पलाई निकै तनाब हुने देखिन्छ । किनकि, उनी अभिनीत अर्को फिल्म ‘मनसँग मन’ नयाँ वर्षको छेको पारेर आउँदो चैत २७ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मको शीर्ष गीत सार्वजनिक भइसकेको छ । ‘कृष्ण लीला’ ले पनि नयाँ वर्षलाई प्रदर्शन मिति घोषणा गरे पुष्पको बक्सअफिसमा आफैंसँग भिडन्त हुनेछ, जुन हेर्न निकै रोचक हुनसक्छ ।
 
‘कृष्ण लीला’ मा बुद्दि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतको पनि अभिनय छ । रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत, लक्ष्मण सवेदीको कथा, रामजी लामिछानेको कोरियोग्राफी र बाबु श्रेष्ठको छायांकन रहेको छ । रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको निर्मातामा प्रकाश कार्की र केवल तामाङ छन् ।
Most Visited News (monthly)