Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

रेखालाई पुष्करको प्रश्न- ‘फिल्म प्रचारमा प्रयोग गरेका राउटेहरु अहिले कहाँ छन् ?’

फिल्मीखबर, काठमाडौं, 2021/02/23
‘मैले जति गरेँ आफ्नो पकेटले गरेँ । मलाई के लाग्छ भने समाजसेवा गर्ने हो भने तपाईं सम्पन्न हुनुपर्‍यो । तपाईंसँग एक लाख रुपैयाँ मागेर समाजसेवी कसरी हुन्छ, म त डिस्ट्रिव्यूटर भएँ नी । त्यसैले मैले जति गरेँ आफ्नो पकेटबाट गरेँ र अब जुन योजना बनाएको छु, त्यसमा पैसा लाग्दैछ,’ अभिनेत्री रेखा थापाले एक अन्तर्वार्तामा राखेको विचार हो यो । पैसा मागेर समाजसेवी नहुने उनको तर्क छ ।
 
 
तर, उनले यसो भनिरहँदा उनका केही फिल्ममा अभिनय गरेका र एक समय रेखा थापा फाउन्डेसनका म्यानेजर समेत रहेका पुष्कर भट्टले २०७१ सालमा फाउन्डेसनले उच्च शिक्षा-दिक्षा दिने भनेर काठमाडौं ल्याएका राउटेहरु अहिले कहाँ छन् भनेर प्रश्न उठाएका छन् । रेखा थापाले फिल्म ‘हिम्मतवाली’ प्रमोसनका लागि राउटेहरुलाई प्रयोग गरेको आरोप पनि उनले लगाएका छन् ।
 
मंगलवार विहान फेसबुकमा उनले रेखा थापालाई प्रश्न गर्दै लेखेका छन्, ‘हिम्मतवाली’ फिल्म प्रमोसनको लागि नजानिँदो तरिकाले ४ जना राउटेहरुलाई फाउन्डेसनमार्फत् काठमाडौँ ल्याएर हल-हल चहारेर फिल्म प्रमोसनको लागि सोझा राउटेहरूलाई प्रयोग गरेर जुन चर्चा बटुल्न सफल त तपाईं हुनु नै भयो तर त्यसको भोली पल्टै राउटेहरु कहाँ गए, कता गए र कसरी गए ? कुनै समवेदना र भावना तपाईंसँग छ ? आजको मितिसम्म जान्न पनि चाहनु भएको छ रेखाजी ?’
 
उनले रेखा थापा फाउन्डेसनका लागि २/३ करोड क्यानडाको एक फाउन्डेसनले सहयोग गरेको पनि खुलासा गरेका छन् । उनले अगाडि लेखेका छन्, ‘यो सबै गर्ने पैसा तपाईंलाई कहाँबाट आएको थियो ? तपाईंले छातीमा हात राखेर जवाफ दिनुपर्छ । करीब २/३ करोड पैसा तपाईंको आफ्नै थियो कि क्यानडाको कुनै फाउन्डेसनले सहयोग गरेको थियो ? के त्यो बेला तपाईंले चन्दा माग्दा जायज हुने ? अहिले समाजमा केही राम्रो गरेका समाजसेवीहरुले माग्दा तपाईंलाई सहन नहुने ?’
 
उनले समाज सुधारका लागि सहयोगी भावना राखेर समाजसेवा गरिरहेकाहरुलाई प्रश्न गर्नुभन्दा पहिला रेखा थापा फाउन्डेसनले के गर्‍यो भनेर हेक्का राख्न जरुरी रहेको र समाजमा प्रेरणा बन्छु भन्ने कलाकारबाट समाजलाई दिगभर्रमित पार्ने खालको अभिव्यक्ति दिने छुट नभएको बताएका छन् । भाषणमा बाहेक १५ प्रतिशत समाजका लागि काम गरेर देखाउन पनि उनको सुझाव छ ।
 
उनले अन्तिम वाक्यमा लेखेका छन्, ‘रेखा थापा फाउन्डेसनको म्यानेजर तथा सक्रिय सदस्यको नाताले मैले राखेको प्रश्नको उत्तर रेखा थापाबाट सार्वजनिक रुपमा पाउने आशामा छु । धेरै पत्र-पत्रिकाहरुले फाउन्डेसन उद्घाटन गर्दा मुख्य समाचार बनाउनु भएको थियो तर तर फाउन्डेसनले के गर्‍यो, के गर्दैछ ? फलोअप समाचार बनाउन पर्दैन थियो ? यो प्रश्न मेरो सम्पूर्ण मिडियाका साथीहरुलाई पनि छ ।’
 

Most Visited News (monthly)